कविता : मेरी आमा

हो मेरी आमा
उनै हुन् मेरी आमा
दुःखले घेरिएकी
संघर्षमा नथाकेकी
कामको थकानले लथरान्न परेकी
कतै उकाली अनि ओरालीमा भेटिने
झुत्रेझाम्रे पहिरन गरेकी
हो तिनै हुन मेरो आमा ।

जसले आफ्नो पेट भोकै राखिन
मलाई पेटभरि खान दिइन
आफू रोएर पनि मलाई हसाइन
अनि आफ्ना दुःख मेरा खुसीसँग साटिन
हो तिनै हुन् मेरो आमा

अरुको भन्दा केही फरक
यस मानेकी
मेरो आमा आमा मात्र होइनिन
मेरो बाबामा पनि हुन् ।
कमै आमालाई अवसर आउँछ आमा र बाबा बन्न
त्यही अवसर पाएकी हुन् मेरी आमा
हो तिनै हुन् मेरी आमा

त्यसैले त मेरी आमा भगवान् हुन
एउटी देवी हुन
मेरा सफलताकी भण्डार हुन

गणेश विशु
रुकुम पश्चिम, हाल सुर्खेत  (विशु नागरिक दैनिकका पत्रकार हुन् ।)

कविता : मेरी आमा

प्रदेशी छोराको आमालाइ चिठ्ठी : मातातिर्थ औँशी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds