छाउगोठमुक्त कर्णाली बनाउने प्रतिबद्धता

 

सुर्खेत : कर्णालीलाई छाउगोठमुक्त बनाउने प्रतिवद्धता जनाइएको छ । महिनावारी हुँदा महिलालाई घरदेखि टाढा रहेको गोठमा राख्ने गरिन्छ ।

गोठमा राख्ने कुप्रथाका कारण महिला तथा किशोरीहरुले अकालमा ज्यान गुमाउन थालेपछि छाउगोठहरु भत्काउने अभियान थालिएको हो । यही क्रममा कर्णालीलाई छाउगोठमुक्त बनाउने सामुहिक प्रतिवद्धता जनाइएको हो ।

छाउपडी कुप्रथा अन्त्य गर्न साझा अभियान सञ्चालन गर्नेसमेत प्रतिवद्धता व्यक्त गरिएको छ । महिला, बालकालिका तथा जेष्ठ नागरिक मन्त्रालयले छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनका लागि सञ्चालन गरेको अभियानमा तीन तहकै सरकारहरुले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

वीरेन्द्रनगरमा बुधबार आयोजित कार्यक्रममा स्थानीय, प्रदेश र संघीय सरकारले कर्णालीलाई छाउगोठमुक्त बनाउने उद्घोष गरे । विभिन्न जिल्लामा रहेका छाउगोठहरु आगामी असारसम्म भत्काइने साझा घोषणामा उल्लेख छ ।

कुरिती र कलंकका रुपमा रहेको छाउपडी प्रथालाई मानसिक रुपमै अन्त्य गर्न सबै पालिकामा कार्ययोजना तर्जुमा गरेर कार्यान्वयन गरिने प्रतिवद्धतामा उल्लेख छ । कार्ययोजना संघ, प्रदेश र पालिकाहरुले संयुक्त रुपमा साझा राष्ट्रिय कार्ययोजना तयार गर्नेछन् ।

भौतिक संरचनासँगै मनदेखि नै छाउपडी कुप्रथा निर्मुल पार्न तीन तहका सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्नेछन् ।
छाउगोठ अन्त्यसँगै जातीय छुवाछुत र बालबिवाह पनि एक वर्षभित्र अन्त्य गर्ने साझा घोषणापत्रमा उल्लेख छ । वर्षौदेखी कुरितीका रुपमा रहेको छुवाछुत र बालविवाह अन्त्य गर्न राष्ट्रिय अभियान नै सञ्चालन गरिने छ ।

अभियानमा कर्णालीका १० जिल्लाका जिल्ला समन्वय समितिका पदाधिकारी, ७९ वटै स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सरकार, संसदका प्रतिनिधी र सामाजिक अभियान्ताहरु सहभागी थिए ।

‘सामुहिक संकल्प गरौं’

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिनावारी भएकै कारण कुनै छोरी चेलीको छाउगोठमा मृत्यु हुँदा राज्य चुप लागेर नबस्ने बताए ।

छाउगोठ भत्काउने अभियानलाई अझै तीव्र पारिरहेको मन्त्री गुरुङको भनाइ छ । तीन तहकै सरकारको समन्वयमा सामाजिक कुरितीहरुलाई अन्त्य गर्न साझा धारणा बनाएर अघि बढेको मन्त्री गुरुङको भनाइ थियो ।

‘महिनावारी भएको बेला घरमा बस्दा देउता रिसाउछन् भन्ने भ्रम चिर्न साझा अभियान थालेका हौं’ गुरुङले भने, ‘छाउगोठ त भत्कियो, तर मनको गोठ भत्काउन तीन वटै तहका सरकारहरुमा एउटै सकंल्प गराउन मन्त्रालय लागेको छ ।’

स्थानीय सरकारलाई जिम्मेवार बनाएर टोल, गाउँ, वडा र पालिकामा मनैदेखी छाउगोठ भत्काएर छाउगोठमुक्त पालिका बनाउने अभियानमा जिम्मेवार हुन मन्त्री गुरुङको निर्देशन थियो ।

‘डण्डा लगाएरै भत्काउँछौं’

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सामाजिक कुप्रथा छाउपडी अन्त्य गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

उनले गाउँ, टोल, पालिकाहरुमा रहेका छाउगोठहरु भत्काउन प्रहरी परिचालन गरेरै अभियानलाई अझै शसक्त पारिने बताए ।
‘महिनावारी हुँदा कुनै पनि चेली अब छाउगोठमा मर्ने छैनन्’ खनालले भने, ‘कानून नमान्नेलाई डण्डा लगाएरै भए पनि तह लगाइन्छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा चार हजार बढी छाउगोठ भत्काएको जानकारी दिदै खनालले थपे, ‘छाउगोठ भत्काउन गएको टोलीमाथि अवरोध गर्ने र छाउगोठमा बसाल्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कानूनी दायरामा ल्याउन प्रहरीहरुलाई निर्देशन दिइसकेको छु ।’

प्रहरीका सवै यूनिटलाई जिल्ला प्रशासन कार्यालयको कार्ययोजनामा पालिकाहरुसँग समन्वय गरेर छाउगोठ भत्काउन महानिरीक्षक खनालले निर्देशन दिएको जनाए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सामाजिक कुप्रथा छाउपडी अन्त्य गर्न कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

उनले गाउँ, टोल, पालिकाहरुमा रहेका छाउगोठहरु भत्काउन प्रहरी परिचालन गरेरै अभियानलाई अझै शसक्त पारिने बताए ।
‘महिनावारी हुँदा कुनै पनि चेली अब छाउगोठमा मर्ने छैनन्’ खनालले भने, ‘कानून नमान्नेलाई डण्डा लगाएरै भए पनि तह लगाइन्छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा चार हजार बढी छाउगोठ भत्काएको जानकारी दिदै खनालले थपे, ‘छाउगोठ भत्काउन गएको टोलीमाथि अवरोध गर्ने र छाउगोठमा बसाल्ने व्यक्तिलाई तत्काल पक्राउ गरेर कानूनी दायरामा ल्याउन प्रहरीहरुलाई निर्देशन दिइसकेको छु ।’

प्रहरीका सवै यूनिटलाई जिल्ला प्रशासन कार्यालयको कार्ययोजनामा पालिकाहरुसँग समन्वय गरेर छाउगोठ भत्काउन महानिरीक्षक खनालले निर्देशन दिएको जनाए ।

छाउगोठमुक्त कर्णाली बनाउने प्रतिबद्धता

सुर्खेतमा गुठी र सरकारी जग्गा खोज्दै आयोग

छाउगोठमुक्त कर्णाली बनाउने प्रतिबद्धता

राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा नेकपा उम्मेदवार

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds