कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

सुर्खेत, ८ साउन ।

कर्णालीमा लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । लकडाउन खुलेपछि बुधबार कर्णालीमा विहीबार ३० जना कोरोना संक्रमित थपिएका छन् ।

विहीबार कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका गरिएको परीक्षणमा सुर्खेतका ५ जना, सल्यानका १ जना गरि ६ जना र दैलेख अस्पतालमा गरिएकोको परीक्षणमा दैलेख २४ जनामा कोरोना संक्रमणको पुष्टी भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्र्तगत स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए ।

कर्णालीमा बुधबार ३० जनामा कोरोना संक्रमण देखिएको छ । उनका अनुसार कर्णालीमा संक्रमितको संख्या १८१३ पुगेको छ । कर्णालीमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

प्रदेश अस्पताल सुर्खेतबाट ४ जना पुरुष र गुर्भाकोट नगरपालिकाको आइसोलेसनबाट २ जना महिला कोरोना संक्रमणबाट निको भएर घर फर्किएको डा. तिवारीले जानकारी दिए । संक्रमण जित्नेको संख्या १५५२ पुगेको बताउदै, उनका अनुसार हाल कोरोना संक्रिय संक्रमितको संख्या २५५ रहेको छ ।

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

नातेदारको नाम छनौट नभएपछि कर्मचारीमाथि धम्की

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds