नेकपा अगुवा नेता कार्यकर्तालाई जनताको मन जितेर काम गर्न आग्रह

दुर्गा विसी
सल्लीबजार, ६ असोज ।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा (नेकपा) को दोस्रो पूर्ण बैठकले वडा स्तरीय कमिटी घोषणा गरेको छ । उक्त बैठकमा नेकपा नेता तथा कर्णाली प्रदेश सह–इन्चार्ज प्रकाश ज्वालाको सम्बोधनपछि अर्का जिल्ला सह–इन्चार्ज तथा नेकपा कर्णाली प्रदेश सचेतक गुलावजंग शाहले घण्टौ नवगठित वडा कमिटी, नगर कमिटी र जिल्ला कमिटी र प्रदेश परिषद् सदस्यहरुलाई सम्बोधन सँगै निर्देशनात्मक प्रशिक्षण दिनुभएको थियोे ।
पार्टी कमिटी तथा संगठन, सिद्धान्त र नितिका विषयमा प्रष्ट पार्नुभएको थियोे । विकास भन्दा पार्टीको सांगठनिक विषयमा केन्द्रित रहेर सबै केन्द्रीय, प्रदेश, जिल्ला, नगर, वडा र टोल कमिटी चलाएमान हुन आवश्यक रहेको उहाँको जोड थियोे । आर्थिक, सामाजिक परिवर्तनका लागि सबै पार्टी पंक्ति जुटन उहाँको विशेष आग्रह रहेको थियोे ।
वडा कमिटीका सबै पदाधिकारी नगर कमिटीमा सिफारिस परेका १० जनालाई समेत सपथ खुवाएको छ । जनताको सुख दुखमा साथ दिएर अघि बढ्न शुभकामना दिनुभएको छ । नव गठित कमिटी मात्रै जनताको सारथी बने यो पार्टी सफल भएर जाने बताउनुभयो । राम्रो काममा मात्रै योजना वनाउनुहोस, जनताको चाहना विपरीतका कार्य बन्द गर्नुहोस् र अनि तपाईंकोहरुको पार्टीको कामकाजले सार्थकता पाउछ भन्दै पार्टीको दोस्रो पूर्ण वैठकमा विशिष्ट अतिथि जिल्ला सह–इन्चार्ज तथा नेकपा केन्द्रीय सदस्य शाहले पार्टी निर्माण र जनताको काममा बढी ध्यान दिएर काम गर्न उहाँको विशेष आग्रह रहेको थियो ।
नेकपा नेतृत्वमा भए गरेका कामकाजबाट नेपाली कांग्रेस अतालिएको उहाँको धारण थियोे । नवगठित वडा कमिटीलाई जहाज ग्राउन्डबाट उडाए पनि सहजै रुपमा अवतरण आर्थात ग्राउण्डेड गराउन सके मात्रै सफल मान्न सकिन्छ । त्यसैले नेकपा पार्टीलाई सहि ढंगले अवतरणका निम्ति हाक्नको लागि वडा र नगर कमिटीले सकारात्मक कदम चाल्नुपर्ने बताउनु भयो ।
पार्टीको आधार जग यहि भएकोले यसका विकृति विसंगतिलाई केलाउनु पर्ने र चिरफारका लागि जुटन आग्रह गरिएको छ । देशमा ७० वर्ष शासन गरेको प्रतिपक्षी ३ वर्ष नेकपाको सरकार देखेर निल्नु र ओकल्नु भएको छ । आफ्नै कार्यकर्तालाई टीका लगाउने र यति प्रवेश गरे भनेर प्रचार प्रसारमा जुटेको नेपाली कांग्रेस अन्तत अब पतन निश्चित रहेको उहाँको जोड छ । म प्रश्न गर्न चाहान्छु आजसम्म यो पार्टीले केके गर्याे ? तर हाम्रो सरकारले गरेका काम हामी क्रमश एक दुई गरी भन्न सक्छांै । चौतर्फी घेरावन्दिमा रहेको नेकपा सफल भएर छाड्ने दावि गरिएको छ । नेता शाहले तल्लो स्तरमा डटेर काम गर्न आफ्ना कार्यकर्तालाई कडा निर्देशन दिनुभएको छ ।
दोस्रो पुर्ण वैठकमा नेकपा जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले भावनात्मक एकतामा जोडिएर अघि बढ्न आह्वान गर्नु भएको छ । सचिव कर्णवहादुर वुढाथोकी, प्रदेश सदस्य तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिम प्रकाश शर्मा, प्रदेश परिषद सदस्य, जिल्ला कमिटी सदस्यहरुले धारण राखेका थिए भने नगर कमिटी अध्यक्ष कीर्तिबहादुर रानाको अध्यक्षतामा भएको नेकपा पार्टीको नगर स्तरीय बैठकको सञ्चालन सचिव गञ्जमान बुढाले गर्नुभएको थियोे ।






