केन्द्रीय प्रशारणमा जोडियो पदमखोलाको विद्युत

दैलेख : जिल्लाको नौमूले गाउँपालिका ५ मा निर्माण भएको ४.५ मेगावाट उत्पादन क्षमताको पदमखोला हाइड्रोपावर आयोजनाबाट उत्पादन भएको १६ सय किलोवाट विद्युत केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ ।

४.५ मेगावाट उत्पादन क्षमताको हाइड्रोपावर आयोजनाबाट हिउँदको समयमा खोलामा पानीको वहाब कम हुने भएकाले अहिले उत्पादन भएको १६ सय किलोवाट विद्युत केन्द्रीय प्रशारणमा जोडिएको कम्पनीका फिल्ड व्यवस्थापक अनिलकुमार खनालले बताए ।

डोल्टीपावर जलविद्युत आयोजना अन्तर्गत सञ्चालित पदमखोला जलविद्युत आयोजना कर्णाली प्रदेशमा अहिले सम्मकै ठूलो आयोजना मानिन्छ । झण्डै ८० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको पदमखोला आयोजनाको विद्युत गृहमा दुई वटा विद्युत उत्पादन गर्ने टर्वाइन राखिएका छन् ।

अहिले पनि पानीको वहाब कम हुने भएकाले एउटा टर्वाइनबाट १६ किलोवाट विद्युत उत्पादन भइरहेको साइड मेनेजर खनालले बताए। यसअघि नै नौमुले गाउँपालिकामा द्धारीखोला जलविद्युतआयोजनाबाट उत्पादन भएको ३.७५ मेगावाट विद्युत केही वर्षअघि केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको छ ।

केन्द्रीय प्रशारणमा जोडियो पदमखोलाको विद्युत

मलेसियामाथि क्यान–११ को दोस्रो जित

केन्द्रीय प्रशारणमा जोडियो पदमखोलाको विद्युत

दुल्लूको ऐतिहासिक सभ्यता जोगाइ राख्छौं : मेयर

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds