पलाताका ६० नागरिकहरुकोे उद्दार

तुलराज पाण्डे
कालिकोट, ९ बैशाख ।
पलाँता गाउँपालिका कालीकोटले आफ्नो पालिकाका स्थायीबासी नागरिकको उद्दार गरेको छ । कर्णाली प्रदेश सरकार, स्थानीय गृह प्रशासनसंगको समन्वयमा नेपालगन्ज, कोहलपुर, सुर्खेतमा अलपत्र परेका नागरिकहरुको उद्दार गरिएको हो । ब्यक्तिगत लगानीमा लकडाउनले गर्दा अलपत्र परेका कालिकोट जिल्लाका ६० जना नागरिकको पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले उद्दार गरी कालिकोट पु¥याएका छन् ।

जिल्लाका विभिन्न स्थानीय तहका करिव ६० जना नागरिकलाई उद्धार गरी कालीकोट ल्याइएको पलाता गाउँपालिकाका अध्यक्ष बमले बताए । पलाता गाउँपालिकाले स्थापना गरेको राहत कोषमा व्यक्तिगत २० लाख जम्मा गरेका अध्यक्षले सोही राहत कोषबाट खर्च हुने गरी ६० जना नागरिकको भाडा तिर्ने सर्तमा विभिन्न शहरमा अलपत्र अवस्थामा रहेका नागरिकको उद्धार गरी कालीकोट ल्याइएको बताए । ‘आमालाई अस्पताल लिएर गएको थियौं । लकडाउनमा परियो, उपचार गर्ने पैसाले खान बस्न ठिक्कै भयो, कालीकोट आउने समेत भाडा थिएन । घरसम्म आउनका लागि हार गुहार गरेपनि कसैले सुनेन्’ पलाताका रतन महताराले बताए ।

भोकभोकै दुई दिन लगाएर बबईसम्म आएका थियौं तर घरसम्म पुग्ने बातावरण थिएन अहिले पलाता सरकारले घर पुग्ने वातावरण मिलाएकोमा खुशी भएको महताराले बताए । पलाता गाउँपालिकाले मंगलबार आफ्ना अलपत्र परेका ६ जनालाई जुम्लाबाट पनि उद्वार गरी ल्याएको छ । उपचार लगाएतका बिभिन्न कामले जुम्ला पुगेर लकडाउनमा परेका नागरिकलाई उद्दार गरी पालिकामा पु¥याएको छ ।

कालिकोटको जितेमा अलपत्र नागरिकलाई बुझ्न पुगेका गाउँपालिका अध्यक्ष बमलाई भोकै भएपनि यस्तो बेला भाडा समेत आफै हालेर उद्दार गरी दिएकोमा अलपत्र परेका ६० जनाले एकमुष्ट धन्यवाद दिएका थिए । पालाता गाउँपालिकाको कुनै पनि नागरिकले संकटमा रूनु नप्रने बताउँदै आएका अध्यक्ष बमले विभिन्न ठाउँमा रहेका गाउँ आउन नचाहाने पलाताबासीका लागि पनि राहत ब्यवस्थापन गरेका छन् । अध्यक्ष बमले पलाताबाट कैलालीको लम्की, टिकापुर बस्ने नागरिकलाई पनि राहत रकम उपलव्ध गराएको बताएका छन् ।

पलाताका ६० नागरिकहरुकोे उद्दार

भारतबाट आएका ८ सहित १ जनाको आरडिटी

पलाताका ६० नागरिकहरुकोे उद्दार

डोल्पामा पहिलो पटक यार्सा संकलनमा रोक

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds