दैलेखका एक युवामा कोरोनाकाे आशंका

सुर्खेत, ५ जेठ ।
कर्णाली प्रदेशमा लकडाउनको ५६ औं दिनमा पिसिआर परिक्षणमा कोरोना संक्रमणको आशंका गरिएको छ । भारतको आग्राबाट आएका आठबीस नगरपालिका वडा नं. १ सात्ताला दैलेखका एक युवामा पिसिआर परिक्षण गर्दा रिर्पोट पोजेटिभ देखिए पछि प्रदेश अस्पताल कालागाउँ प्रयोगशालाले पुर्नपुष्टिको लागि नमूना नेपालगञ्ज पठाएको हो ।

‘अहिले पिसिआर जाँच गर्दा एक जनामा शंकास्पद रिर्पोट देखिएको छ । हामी पुर्नपुष्टि गर्न हाइ जाँच गर्दैछौं ।’ स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले भनिन्, ‘साँझ वा भोली विहानसम्म पुरै रिर्पोट आउला ।’ अस्पताल श्रोतका अनुसार कोरोना संक्रमणको आशंका गरिएका युवा ४५ दिन भारतको बनबासामा बसेर आएका र उनलाई आठबीस नगरपालिकाले उद्धार गरेर जेठ एक गते आठबीस ल्याएको थियो । उनी लक्ष्मी माध्यमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्दै आइरहेका छन् ।

उनीसँगै अन्य ३८ जना युवाहरु पनि क्वारेन्टाईनमा बस्दै आइरहेको वडा अध्यक्ष पर्वसिंह विश्वकर्माले बताए । स्वास्थ्य निर्देशनालय सुर्खेतका कोरोना परीक्षण ल्याबका ओम आचार्यका अनुसार काेराेनाकाे पिसिअार परीक्षण गर्दा दैलेखका एक जनामा बोर्डर लाइन देखिएको हुँदा थप परीक्षणको लागि नेपालगञ्ज पठाइएको छ ।

दैलेखका एक युवामा कोरोनाकाे आशंका

भारतबाट फर्केकाको सिमा नाकामा बेजोग

दैलेखका एक युवामा कोरोनाकाे आशंका

भेरी–बबईमा दुई अर्बको ठेक्का रद्द, आयोजना धकेलिने

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds