रुकुम पश्चिमका दुई स्थानीय तहमा आत्महत्या गर्नेको संख्या बढी

प्रचण्ड खत्री
रुकुम पश्चिम, २ भदौं ।
रुकुम पश्चिमको २ वटा स्थानीय तहमा आत्महत्या गर्नेको संख्या बढेको छ । जिल्लाको बाँफिकोट गाउँपालिका र मुसिकोट गाउँपालिकामा गरी ७ जनाले आत्महत्या गरेका छन् । बाँफिकोट गाउँपालिका ५ जना र मुसिकोट नगरपालिकामा २ जना गरी ७ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

साउन महिनाको १२ गत्ते बाँफिकोट गाउँपालिका ४ का १२ बर्षिय टेकु बिक र बाँफिकोट गाउँपालिका वडा नं. २ कि २८ बर्षिय सपना परियारले आत्महत्या गरेकी थिईन । त्यसको २४ घण्टा नबित्दै बाँफिकोट गाउँपालिका ३ का २० बर्षिय धन बहादुर बिक, साउन २२ गत्ते बाँफिकोट गाउँपालिका वडा नं. ४ कि ११ बर्षिय खिम कुमारी पुन, बाँफिकोट ४ का ५२ बर्षिय नन्दराम नेपालीले आत्महत्या छन् ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नं. १२ का डिल्ली बहादुर नेपाली, मुसिकोट नगरपालिका वडा नं. २ का २८ बर्षिय भुपेन्द्र खड्काले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । कोरोना भाईरसका कारण सिर्जना भएका साथीभाईसंग भेटघाट, घुमफिर र मनमा लागेका कुरा एकअर्कालाई भन्न नपाएपछी र एक्लो पनको दिक्दार हँुदा आत्महत्या हो कि भनेर अनुमान गरिएको प्रहरी प्रमुख केसीले बताए ।

आत्महत्या गरेको बालबालिकाको कापी, डायरीमा माया प्रेमसबन्धि सायरी र गजल, बिभिन्न चलचित्रकाका नाटक भेटिएको बताएको छ । आत्महत्या सम्बन्धि सामाजिक सञ्जाल फेसबुक, युटुब, देखेको र अरुको मुखबाट सुनेको, बिभिन्न पत्रिकामा पढेको कुराहरुले समेत आत्महत्याका लागि समेत दुरुत्साहन गरेको पाएको प्रहरी उपरीक्षक केसीले बताए । पारिबारिक कलह, समुदायमा लागेका बिभिन्न आरोपका कारणले पनि बालबालिकाले आत्महत्या गरेको प्रहरीको भनाई छ ।

रुकुम पश्चिमका दुई स्थानीय तहमा आत्महत्या गर्नेको संख्या बढी

कर्णालीका नौ हजार घरका छाना जस्तापाताले छाइँदै

रुकुम पश्चिमका दुई स्थानीय तहमा आत्महत्या गर्नेको संख्या बढी

विद्यालय सुधार योजना निर्माण अभिमुखिकरण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds