कालिकोटका बाढीपीडितलाई पाँच लाख राहत दिने घोषणा

कालीकोट, २ भदौं ।
नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले कालिकोटका बाढी पहिरोमा परी ज्यान गुमाएका पीडित परिवारलाई पाँच लाख राहत वितरण सहयोग गर्ने घोषणा गरेका छन् । वर्षायाम लागेसँगै बाढी र पहिरोबाट कालिकोटमा ठूलो धनजनको क्षति भएकोमा दुख व्यक्त गर्दै कांग्रेस नेता शाहीले बाढी र पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारहरुलाई व्यक्तिगत रुपमा पाँच लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

गत असार यता कालिकोटमा बाढी र पहिरोमा परी ३५ जनाको ज्यान गएको छ। करिब ५ सयभन्दा बढी घरहरु भत्किएका छन् । झण्डै एक हजार भन्दाबढी परिवारहरु विस्थापित छन् । शाहीले भने, ‘यस्तो प्राकृतिक विपतको घडिमा मैले सरकारको आलोचना गर्ने मात्रै भन्दा पनि दुईर दुई पटक सांसद पराजित उम्मेद्वार भएकै नाताले मेरो पनि केहि कर्तव्य हुन्छ भन्ने मैले ठानेको छु।

यहि कर्तव्य र मानवियताको नाताले मेरो तर्फबाट पाँच लाख बराबरको केहि नगद र केहि आवश्यक सामग्री मृतकका परिवारजनहरुलाई सहयोग गर्ने जानकारी गराउँदछु ।’ उनले यो दुखद र पिडाको बेला सरोकारवाला निकाय र सम्बन्धित सबैमा सामाजिक सेवा र मानवियताको नाताले सक्दो सहयोग गर्न अपिल पनि गरे । केही दिन अगाडि मात्र लालिघाट टिप्पर दुर्घटनाका पीडित परिवारहरुलाई राहत वितरण गरेका शाहीले आफुले कालिकोटका नागरिकहरुको सेवामा सधै लागिरहने बताए । ‘म ३२ वर्षको उमेरमा नेपाली कांग्रेस पार्टीबाट सांसदको उम्मेद्वार भए ।’

उनले भने, ’कालिकोटका आम नागरिकहरुको माया, ममता र सद्भाव पाएको छु । अब यसको गुन यहाँका नागसिकहरुलाई समस्यामा सहयोग गरेर तिर्ने लक्ष्य लिएको छु ।’ उनले जिल्लामा बाढी र पहिरोका कारण आफन्त गसमाएका, घर बगाएका, सम्पती गुमाएका र गासबास कपास बिहिन भएका नागरिकहरुलाई तत्काल उचित राहत र क्षेती पुर्ति दिन सरकारसँग माग पनि गरेका छन् ।

कालिकोटका बाढीपीडितलाई पाँच लाख राहत दिने घोषणा

विप्लवका कार्यकर्ताले निर्माण गरे पुल

कालिकोटका बाढीपीडितलाई पाँच लाख राहत दिने घोषणा

छाउगाेठ

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds