कालीकोटमा कोरोनासम्बन्धि सचेतना

तुलराज पाण्डे
कालीकोट, २ भदौं ।
कालीकोट जिल्लाको सदरमुकाम मान्ममा विश्वव्यापी रुपमा फैलिएको कोरोना भमइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक रयाली सोमबार सम्पन्न भएको छ । बजारको जिरोपोइन्टदेखि सुरु भएको ¥याली प्रतिमा चोकमा कोणसभामा सम्पन्न भएको थियो ।
कोणसभामा जिल्ला कोरना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र डिसिसीएमसी कालिकोटको आयोजनामा कोभिड जनचेतनामुलक नारासहित रयालीसहितको कोणसभा सम्पन्न भएको स्वस्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटक बहादुर महतले युगआह्ववानसंग बताए ।

महतका अनुसार जिल्लामा जनस्वास्थ्यका मापदण्ड लागू गर्दै कोरना रोकथाम तथा नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम गरिएको जानकारी गराउनु भएको हो । कोरोनाबाट आफू बचौ र अरुलाई पनि बचाउ, घरमै बसौं, सामाजिक र भौतिक दुरि कायम गरौं, साबुन पानीले हात धोउ, माक्सको अनिवार्य पर्योग गरांंै, सेनिटाइजर प्रयोग गरौ भन्ने नारा सहित बजार परिक्रमण गरिएको थियोे ।
जनचेतनामूलक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाही, खाँडाचक्र नगरपालिका नगर प्रमुख जसी प्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारि चन्द्र प्रसाद गैरे जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी श्यामबाबु ओलिया लगायतको उपस्थिति रहेको थियो । कोण सभालाई सम्बोधन गर्दै खाँडाचक्र नगरपालिकाका नगर प्रमुख जसि प्रसाद पाण्डेले सम्पूर्ण कालीकोट जिल्लाबासी र खाँडाचक्र नगरपालिकाका वडा नम्बर १ देखि ११ वडासम्मका आमाबुवा, दाजुभाई, दिदीबहिनीहरुलाई नगरपालिकाले निर्देशन गरे अनुरुप नियमित रुपमा सरसफाईमा ध्यान दिन आग्रह गर्दछु । अनावश्यक एक घरबाट अर्को घर पनि नजान आग्रह गरेको बताए ।
कोणसभालाई समापन गर्दै जिल्ला समन्वय समिति प्रमुख अनिपाल शाहीले विश्व्यव्यापी रूपमा फैलिएको कोरना भाइरस कोभिडको संक्रमण कालिकोटमा पनि दिन हँुदिन फैलिदै गएकाले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिकले आफै सचेत हुनुपर्ने र सकभर काम भन्दा घर बाहिर हिडडुल नगर्न अनुरोध गर्दै निस्के पनि सरकारले तोकिएको सचेतनामुलक सूचना कार्यान्वयन अनिवार्य गर्न कालिकोटबासी जनतालाई आग्रह गर्दै कार्यक्रम समापन गर्नुभएको थियोे ।






