मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा र अन्तरराष्ट्रिय शैक्षिक संस्थाबिच सम्झौता

सुर्खेत, ४ बैशाख । मध्यपश्चिमान्चल विश्वविद्यालय र अन्तरराष्ट्रिय स्तरमा ख्याती प्राप्त तथा अनलाइन शिक्षामा काम गर्ने शैक्षिक संस्था Open Education Resource for Universities (OERu) बीच MOU सम्झौता सम्पन्न भएको छ । विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह र OERu तर्फ वेनी म्याकिन्टस (पि.एच.डि.) बीच सम्झौता सम्पन्न भएको हो ।

OERu संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको युनेस्कोको एक महत्वपूर्ण परियोजना हो । जसलाई OER फाउन्डेसनले संचालन गरिरहेको छ । विश्वभरिका ४१ बिभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्था यसका पार्टनर छन् भने एसियामा १३ र नेपालमा, नेपाल खुला विश्वविद्यालय र मध्य-पश्चिमान्चल विश्वविद्यालय यसका साझेदार बनेका छन् । OERu आउटरिच पार्टनरशिप प्रोग्राम अन्तर्गत मध्य पश्चिमान्चल विश्वविद्यालयले सम्झौता गरेको हो ।

उपकुलपति प्रा. डा. सिहको निर्देशन अनुसार विश्वविद्यालयमा कार्यरत उप-प्राध्यापक पन्चदेव भट्टले फोकल पर्सनका रुपमा सहजीकरण गर्नुभएको थियाे । यो संगै उपकुलपति प्रा. डा. सिंहको पहलकदमी तथा निर्देशनमा मध्य पश्चिमान्चल विश्वविद्यालयका उप-प्राध्यापक पन्चदेव भट्टको प्रत्यक्ष सहभागीतामा विश्वविद्यालयले अर्को अग्रिणी संस्था Turnitin संग सम्झौता गरेर अत्यन्तै उपयोगी अनलाइन शिक्षण प्रविधि भित्र्याईएको छ ।

जस अन्तर्गत ग्रेडस्कोप, फिडब्याक स्टुडियो र सिमचेक फर एडमिसन फिचरहरु रहेका छन् । उप-प्राध्यापक भट्टका अनुसार मध्यपश्चिमान्चल विश्वविद्यालय, समग्र कर्णाली प्रदेश र नेपालकै लागि शैक्षिक क्षेत्रमा यो एउटा परिवर्तनकारी सम्झौता भएको बताउनुभएको छ । यी प्रणालीहरुमार्फत विद्यार्थी तथा प्राध्यापक दुवैले अहिलेको लकडाउनमा मात्रै नभई भविष्यमा अनलाईनका माध्यम वाट विश्वविद्यालयले प्रदान गर्ने शैक्षिक सामग्री तथा अनुसन्धान सोधपत्र आम नागरिक, विद्यार्थी वा जो सुकैलाई संसार भरिमा उपलब्ध हुने उहाँले बताउनु भयो ।

केहि दिन भित्रै सम्बन्धित सबैलाई यो बारे तालिम प्रदान गरि संचालनमा ल्याईने उहाँले जानकारी दिनु भयो । यो संगै सम्पूर्ण विश्वविद्यालय लाइ केहि वर्ष भित्रमा e-University अर्थात प्रविधिमैत्री विश्वविद्यालयको रुपमा स्थापित गर्ने योजना अनुरुप अगाडी बढिरहेको कुरा उपकुलपति प्रा. डा. सिंहले जानकारी दिनुभएको छ । विभिन्न चुनौतीहरु जस्तै विकट भागौलिक अवस्था, संचार तथा विधुतको पर्याप्त पहुँच अभावका बावजुत विश्वविद्यालय र यो क्षेत्रको समग्र शैक्षिक स्तर उकास्नका लागि आवश्यक समन्वय तथा प्रविधीको क्षेत्रमा प्रयासरत छौ, उहाँले थप्नुभयो । सन् २०१० मा स्थापना भएको यो विश्वविद्यालयले अहिले कोभिड-१९ द्वारा सिर्जित लकडाउनमा यसको रोकथाम तथा न्यूनीकरणका लागी विभिन्न प्रयास गर्दै विभिन्न केन्द्रीय तथा आंगिक क्याम्पसमा अनलाईनका माध्यमबाट पठन-पाठन संचालनकाे प्रयास गरिरहेको छ भने जनचेतनाको लागि विभिन्न माध्यमबाट संदेशमुलक सामग्री समेत प्रशारण गरिरहेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा र अन्तरराष्ट्रिय शैक्षिक संस्थाबिच सम्झौता

अत्यावश्यक पसल चार घण्टा खुल्ने

1 Comment

  1. Hari Bishnu Oli
    18th Apr 2020 Reply

    Morning shows the day. Prof. Dr. Nanda Bahadur Singh is the brilliant,dynamic and energetic person of University not only the professional life as well as student life,too. It is great opportunity to get Prof. Dr. Singh as Vice Chanceller of Mid Western University. It is pride for Karnali Province. Now a days , there are so many brain drain problems in the country but Prof. Dr. Singh returned home province with great responsibility to contribute and change the society by higher education.

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds