नर्सरी व्यवसायबाट मनग्ये आम्दानी

रुकुम, ३० असोज ।

बेरोजगारी समस्याको कारण देखाउँदै बर्सेनि लाखौं नेपाली युवा वैदेशिक रोजगारीका लागि खाडी मुलुकलगायत विभिन्न देशहरुमा जानुपर्ने बाध्यता कायमै छ। तर, रुकुम पश्चिमका एक युवा कृषि व्यसायीले भने जिल्लामै ७ वर्ष अघिबाट शुरु गरिएको नर्सरी फार्मबाट वार्षिक ३० लाखसम्मको आम्दानी गर्दै आएका छन्। जिल्लाको चौरजहारी नगरपालिका –१०, का युवा व्यवसायीले मुसिकोट नगरपालिका –५, को सेरीगाउँमा सुवास फलफूल नर्सरी फार्म सञ्चालन गरेको ७ वर्ष पुगेको छ।

स्वदेशमै बसेर लाखौं आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ ५ रोपनी जग्गाबाट शुरु गरिएको नर्सरी फार्म अहिले ३५ रोपनी सम्ममा विस्तार भएको छ।

बेमौसमी तरकारी, गैरकाष्ठजन्य बोट विरुवा लगायत विभिन्न फलफूल र सागसब्जी उत्पादन तथा बिक्रीबाट हाल वार्षिक ३० लाखसम्मको आम्दनी हुने गरेको युवा व्यवसायी नरेन्द्र रानाको भनाइ छ। उनका अनुसार नर्सरी फार्म सञ्चालनका लागि कृषि जेटिए अध्ययन पूरा गरेका ४ र अन्य कामदार ४ जना गरी ८ जनालाई समेत नर्सरी फार्ममा रोजगारी दिइएको छ। कृषि संभावना बाटै अर्थतन्त्रको विकास गर्न सकिन्छ भन्ने मान्यताका साथ शुरु गरिएको कृषि पेशालाई व्यावसायिक रुपमा विस्तार गरी उत्पादनमुखी बनाउने रानाको लक्ष्य रहेको छ।

नर्सरी फार्मबाटै उत्पादन गरिएका विभिन्न जातका बोट विरुवा तथा तरकारीजन्य वस्तुलाई देशभर पुर्‍याउन निर्बाहमुखी नभएर व्यावसायिक कृषि नै गर्नुपर्ने रानाको भनाई छ। उनले हाल १६ वटा नेचुरल भेन्टिलेसन टनेलमा स्थानीय मौसम र हावापानी अनूकुल विभिन्न जातका विरुवा तथा तरकारीजन्य वस्तु उत्पादन गर्दै आएका छन्।

रानाले सञ्चालन गरेको नर्सरी फार्म जिल्लामै नमुना फार्मको रुपमा विकास भएकाले कृषि विकास कार्यालयले समेत अघिल्लो दुई आर्थिक वर्षमा २५ लाख रुपैयाँ अनुदान दिइएको निमित्त कार्यालय प्रमुख मीनबहादुर केसीले बताए।

सुवास नर्सरी फार्ममा उत्पादन गरिएका गैरकाष्ठजन्य बोटविरुवा देशका विभिन्न जिल्लामा निर्यात हुने गरेको छ। नर्सरी फार्म सञ्चालनका लागि हालसम्म १ करोड बढी लगानी भइसकेको रानाले बताए।

नर्सरी व्यवसायबाट मनग्ये आम्दानी

सल्यानमा टिमुर टिप्‍ने चटारो

नर्सरी व्यवसायबाट मनग्ये आम्दानी

नेपाल प्रहरीमा जागिर खुल्यो, पाँच हजार बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds