कर्णाली प्रदेशमा आज सार्वजनिक विदा

सुर्खेत, १ साउन ।

कर्णाली प्रदेश सरकारले आज (बिहीवार) प्रदेशमा सार्वजनिक विदा दिएको छ । साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै प्रदेशका १० वटै जिल्लामा सार्वजनिक विदा दिइएको जनाएको छ ।

गत जेठ १२ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारले असार १५ गते धान दिवसका दिन र चैत १२ जुम्लामा मात्र, साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा साउन एक, प्रदेश स्थापना तथा सहिद दिवस भदौ चार, चन्दननाथ मन्दिरको लिंगो बोक्ने मेला जुम्लामा मात्र, माघे संक्रान्ति माघ एक, चैते दशैं चैत शुक्ल अष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार विदा दिने निर्णय गरेको थियोे ।

कर्णाली प्रदेशमा आज सार्वजनिक विदा

साउने सङ्क्रान्ति मनाईदै

कर्णाली प्रदेशमा आज सार्वजनिक विदा

सम्पादकीयः विद्युतमा खेलाँची

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds