लायन्स क्लवद्धारा एक हजार भीटीएम कीट सहयोग

दैलेख, १ साउन ।

लायन्स क्लव अफ दैलेखले कोरोना परीक्षण प्रयोगशालाका लागि एक हजार वटा भीटीएम कीट दिएको छ । दैलेख प्रयोगशालाका लागि स्वास्थ्य सेवा कार्यालय मार्फत बुधवार एक औपचारिक कार्यक्रममा कीट दिइएको हो ।

लायन्स क्लवका जिल्ला उपाध्यक्ष सुमन नारायण बिक, डिस्ट्रिक चीज अफिसर बासना थापा, जोन चियर पर्सन मीनबहादुर थापाले स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. निरञ्जन पन्त तथा कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका थिए ।

गएको जेठ महिनाको पहिलो सातादेखि दैलेखमा भारतबाट आएका नागरिकहरुमा कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेपछि दैलेख सदरमुकाममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिए पनि साधन श्रोत अभाव भएपछि लायन्स क्लवले यो सहयोग गरेको हो ।

लायन्स क्लव दैलेखले लकडाउनको बेला चैतको तेश्रो साता यता पैदल हिंडेर आएका नागरिकहरु र त्यसपछि अनुमति लिएर जिल्ला प्रवेश गर्न गाडीमा आएका नागरिकहरुलाई समेत चुप्रामा खाना खुवाउने प्रवन्ध मिलाएको थियो । पैदल हिंडेर वा गाडीमा आएका र अलपत्र परेका नागरिकहरुलाई बीच बाटामै खानाको प्रवन्ध गरेको कामलाई जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले प्रशंसा गरेका छन् ।

लकडाउन अवधिमा चामल, दाल, तेल, तरकारी लगायत खाद्यबस्तु आफै किने आफैले पकाएर खुवाउँदा करिब साढे चार लाख बराबरको खर्च लायन्स सदस्यहरुबाटै व्यहोरिएको लायन्सको पूर्व जिल्ला अध्यक्ष नरेन्द्र केसीले जानकारी दिए ।

लायन्स क्लवद्धारा एक हजार भीटीएम कीट सहयोग

विभिन्न पालिकालाई खाद्यान्न सहयोग

लायन्स क्लवद्धारा एक हजार भीटीएम कीट सहयोग

हिंसा पीडितलाई इन्सेकद्धारा सहयोग

1 Comment

  1. Tirtha gaha magar
    16th Jul 2020 Reply

    याे राेराेना भनेकाे के रैछ फेरि?

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds