सुर्खेतमा १८ जनामा संक्रमण थपिए

सुर्खेत, ३० साउन ।
सुर्खेतमा बिहीबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरेन्द्रनगर नगरपालिका १७ जना र लेखबेशी नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा कुल संक्रमितको संख्या दुई हजार ५२ जना पुगेको छ ।

प्रदेश अस्पताल÷पशुपन्छि रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणले वीरेन्द्रनगर वडा नं. १० का तीन÷तीन जना नाबालक, महिला र पुरुषगरी नौँ जना, वडा नं. १३ का दुइ जना बालबालिका, दुइ जना महिला र चार जना पुरुषसहित आठ जना र लेखबेशी नगरपालिका ७ का एक पुरुषमा संक्रमण पुष्टि गरेको हो ।

यस्तै बिहीबार नै कर्णालीका विभिन्न आइसोलसन सेन्टर र अस्पतालबाट सात जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या एक हजार नौँ सय एक जना पुगेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

सुर्खेतमा १८ जनामा संक्रमण थपिए

तीन जिल्लामा आइसीयू थपिने

सुर्खेतमा १८ जनामा संक्रमण थपिए

शिक्षक कुट्नेहरूविरुद्ध ज्यान मुद्दा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds