रजिष्टारको लागि १९ जनाको दरखास्त

सुर्खेत, ३० असार ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको रजिष्टार पदको १९ जनाको आवेदन परेको छ । रजिष्टारका लागि निर्धारित समयावधिभित्र १९ जनाको दरखास्त परेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले जानकारी दिए । ‘निर्धारित समयमा १९ जनाको आवेदन आएको छ’ उपकुलपति सिंहले भने ‘अवको हप्तादिन भित्रै विश्वविद्यालयले नयाँ रजिष्टार पाउँछ ।’ पुर्व डिनदेखि विश्वविद्यालयकै सहप्राध्यापक लगायत रहेका छन् । १९ जनामध्ये दर्जन बढी कर्णाली प्रदेशका छन् ।

यसअघि मध्यपश्चिमाञ्चल विश्वविद्यालयका डिन एवम् सेवा आयोगका सदस्य पा.डा.केशरसिंह राना, पूर्व डिन पा.डा. दीपबहादुर रावल, सह– प्राध्यापक अनन्दराज घिमिरे, पाडा. नारायप्रसाद शर्मा, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय कर्णाली प्रदेशका प्रमुख जीतबहादुर शाह र डा. बुद्धि सापकोटा लगायतले रजिष्टार पदका लागि आवेदन दिएका छन् ।

रजिष्टारको लागि १९ जनाको दरखास्त

YUGAAWHAN NATIONAL DAILY (2077-03-30)

रजिष्टारको लागि १९ जनाको दरखास्त

वीरेन्द्रनगरमा नर्स छनौटमा भद्रगोल

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds