ओली-दाहालको एक्लाएक्लै छलफलपछि शुरू भयो नेकपाको सचिवालय बैठक

काठमाडौं, २० मंसिर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच एक्लाएक्लै छलफलपछि नेकपाको सचिवालय बैठक शुरू भएको छ।


सचिवालय बैठकअघि ओली र दाहालले बालुवाटारमा एक्लाएक्लै छलफल गरेका थिए। दुई अध्यक्षको छलफलपछि केन्द्रीय सचिवालय बैठक बालुवाटारमै शुरू भएको हो। बैठकमा ओली पनि सहभागी छन्।

यसअघि १७ मंसीरको बैठकमा ओली सहभागी थिएनन्। ओलीबाहेक सचिवालयका ८ सदस्य सहभागी बैठकले शनिबार लागि बैठक तय गरेको थियो। पछिल्लो समय ओली–दाहालबीच संवाद नै टुटेको थियो। २५ कात्तिकयता पहिलोपटक उनीहरूबीच संवाद भएको हो।

सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले शनिबार बिहान शंकर पोखरेल, सुवास नेम्वाङलगायत आफूनिकटका नेतासँग परामर्श गरेका थिए। अध्यक्ष दाहालले पनि आफ्नो समूहमा रहेका सविचालय सदस्यसँग परामर्श गरेका थिए। ओली पक्षका नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली समेत शनिबार बिहान दाहाललाई भेट्न खुमलटार पुगेका थिए।

शनिबारको सचिवालय बैठकमा दुवै अध्यक्षले पेश गरेका प्रस्तावमा छलफल गर्ने भनिएको छ। अध्यक्ष दाहालले २८ कात्तिकको सचिवालय बैठकमा एकल प्रस्ताप पेश गरेका थिए, त्यसको जवाफलमा ओलीले १३ मंसीरको बैठकमा प्रस्ताव पेश गरेका थिए।

तपाईको प्रतिक्रिया