बनगाड कुपिण्डेको मैदुपोखरीमा विद्युत उद्घाटन

दुर्गा विसी
सल्लीबजार, १८ मंसिर ।
सल्यान पश्चिमका विकट वस्तीहरु उज्यालो हुन सुरु गरेका छन् । बनगाड कुपिण्डेको वडा नं. ६ र वडा नंं ७ को मैदुपोखरिमा बत्ती पुगेको छ । गाउँमा बत्ती पुगेपछि स्थानीय भने खुशी बनेका छन् । ५० वाटको ट्रान्सर्फमरबाट ढेड सय घरपरिवारले उक्त सेवा लिन सक्नेछन् ।
लाइनको विस्तारसँगै क्षमता पनि बढाउने जनाएको छ ।

मैदुमा स्विच्च थिचेर बत्तीको उद्घाटनसँगै नगर प्रमुख गोविन्द कुमार पुनले खुशी व्यक्त गर्नुभएको छ । आफ्ना चुनावी घोषणा पत्रमा उल्लेख भएका प्रतिवद्धता पूरा हँुदै गएको दावि गरिएको छ । जनताको विकासका लागि आफुलाई जनताले अभिभारा सुम्पेकोमा आज यो स्थानमा सडक र वत्ति मेरो कार्यकालमा पूरा गरेको जनाउँदै अब वस्ती र टोलटोलमा विस्तार हुने जनाएको छ ।

वडाका सबै सेन्टरमा यहि आर्थिक वर्षमा बत्ती बल्ने जनाएको छ । संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा सबै काम हुने जनाएको छ । बत्तीपछि अब यो स्थानमा खानेपानीको टड्कारो समस्या छ । अब त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको नगर प्रमुख पुनको भनाई छ । लिफ्ट खानेपानीबाट यहाँका नागरिकले अब केही समयपछि त्यो पनि पूरा हुने जनाएको छ ।

आफ्ना प्रतिवद्धता शिक्षा, स्वास्थ्य, खानेपानी सडक र विधुतिकरण भएकोले आफ्नो कार्यकालमा यी विकासले गति लिने जनाएको छ । आफु निर्वाचित हुनु अघि वडा स्तर जाने सडक पहुँच थिएन त्यो काम पूरा भएको छ । बाँकी अधुरै योजनाहरु तिव्ररुपले अघि बढ्ने दावि गरिएको छ ।

बत्ती उद्घाटन कार्यक्रम जिल्ला समन्वय समिति सदस्य आशा वली, नेकपा जिल्ला कमिटी सदस्य धनवहादुर पुन, नेपाल राष्ट्रिय शिक्षक संगठनका नगर अध्यक्ष नारद घर्ती, शिव शक्ति प्रिजमा निर्माण सेवाका प्रमोद खड्का लगायतले मन्तव्य राख्नुभएको थियो ।  विद्युतिकरणको काम शिव शक्ति प्रिजमा निर्माण सेवाका खड्काले उक्त क्षेत्रमा ठिक समयमै काम सम्पन्न भएको जनाउनु भएको छ । विद्युत उद्घाटन कार्यक्रमका अध्यक्ष तथा वडा अध्यक्ष भोपाल केसीको सभा अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नेकपा वडा नं ७ का अध्यक्ष प्रकाश वलिले सञ्चालन गर्नुभएको थियो ।

साविक घाँजरिपिप गाविको मैदुपोखरिमा कार्यक्रम आयोजना गरिएको थियोे । वडा ६ र ७ का केही वस्तिमा वतिको पहुँच पुगेको छ । ११ केभि लाइनको काम तयारि पूरा भएकोले अब भने वस्तिहरुमा बत्ती जडान गर्न अनुरोध गरिएको छ । बत्ती पुगेपछि सचेतनापूर्वक भरपुर प्रयोग र उत्पादनका रुपमा लिन समेत स्थानीयलाई आग्रह गरिएको छ । कृषिको उवर भूमि रहेकोले यो क्षेत्र यसतर्फ ध्यान दिन र परनिर्भर नहुन विशेष जोड गरिएको छ ।

तपाईको प्रतिक्रिया