हावाहुरीले विद्यालय र स्वास्थ्य चौकिको छाना उडायो

दुर्गा विसि
सल्यान (सल्लीबजार), २९ बैशाख ।
सल्यानको पश्चिम क्षेत्रमा सोमबार वेलुकि चलेको हावाहुरीले केही विद्यालय, स्थानीयका खरका छाना घर र स्वास्थ्य चौकीको छाना उडाएको छ । बनगाड कुपिण्डे नगरपालिका वडा ११ मा रहेको भेरी निमावि गराको ट्रस्ट भवनको छाना उडायो भने वडा १२ को निगाल्चुलामा केही स्थानीयका खरका छाना भएका घर र स्वास्थ्य चौकीको जस्तापाता उडाएको छ ।

असिना,पानी र हावाहुरीले निगाल्चुलाका केही भुभागमा तरकारी तथा फलफुलमा समेत क्षेती पुर्याएको वडा अध्यक्ष गोविन्द डाँगीले जानकारी दिनुभएको छ ।त्यसै गरी भेरी निमावि गराको ट्रस्ट भवनको जस्तापाताको पुरै छाना उडाएको छ । हावाहुरीका कारण १० लाख भन्दा वढि क्षेती गरेको विद्यालयले जनाएको छ । हावाहुरीको क्षेती एकिनको लागि बनगाड कुपिण्डे नगर उप प्रमुख मञ्जु यरी,योजना अधिकृत धर्मराज ढकाल,इन्जिनियर महेश देवकोटाको टोलिले हावाहुरीबाट छेदविच्छेद विद्यालयको अनुगमन गर्नुभएको छ ।

हावाहुरीले विद्यालय र स्वास्थ्य चौकिको छाना उडायो

बाढीपीडितलाई खाद्यान्न

हावाहुरीले विद्यालय र स्वास्थ्य चौकिको छाना उडायो

कोरोनाको अवस्था बुझ्न मुख्यमन्त्रीको टोली कालीकोटमा

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds