गाडी र एयर लिफ्टिङबाट ७१८ वडामा स्वास्थ्यकर्मी

सुर्खेत, २९ बैशाख ।
उनका अनुसार प्रदेश सरकारले तोकेको २७ स्थानका साथै यहाँका ७१८ वडामा डाक्टर टोली खटाउने, प्रत्येक वडाका १० जनाको स्वाब लिएर नमूना परीक्षण गर्ने, कोरोना नदेखिएको ठाउँमा खुकुलो गरेर सबै खाले गतिविधि सञ्चालन गर्ने र देखिएको स्थानलाई सिल गर्ने जनाईएको छ ।

पहिलो चरणमा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकसहित २० जना स्वास्थ्यकर्मीको टोली जुम्ला, ६ जनाको टोली मुगु र हुम्लाका गाउँ गाउँमा खटाइएको थियो । यद्यपि यो प्रदेशमा बाहिरबाट आउन नदिन बन्दाबन्दीलाई कायम राख्ने प्रदेश सरकारले बताएको छ ।

मुख्यमन्त्री शाही, मन्त्री रावलसहितको प्रदेश सरकारको टोली सोमबार सुर्खेत फर्कने जनाईएको छ । कोरोना माहामारीको जोखिमलाई मध्यनजर गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नौ वटा भेन्टिलेटरसहित १० आइसियू कक्षको व्यवस्थापन गरेको छ । भने एकसय २० बेडको आइसोलेसन कक्ष स्थापना गरेको छ ।

यसअघि कर्णाली प्रदेशको सुर्खेतस्थित प्रदेश अस्पतालबाट मात्रै हुदै आएको कोरोना भाइरसको पीसीआर जुम्लास्थित प्रतिष्ठानमा पनि गत सोमबारदेखि हुदै आएको छ । त्यसका लागि प्रतिष्ठानले २७ लाख बढिको लगानीमा टेण्डर गरी चीनबाट पीसीआर मेसिन र किटसमेत आफै खरिद गरेको हो ।

एयर लिफ्टिङ गरेर चिकित्सक पठाउँदै
कर्णाली प्रदेश सरकारले हिमाली जिल्लामा एयर लिफ्टिङ गरेर चिकित्सक पठाउन शुरु गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम तथा नियन्त्रण कार्यलाई थप प्रभाकारी बनाउन प्रदेश सरकारले प्रदेशअन्तरगत १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली पठाएको हो ।

प्रदेश सरकारले शनिबार डोल्पा र अाइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक टोली पठाएको छ । उनीहरुलाई एक महिनाका लागि पठाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाकारी दिएको छ । सामाजिक विकासमन्त्री दल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुको टोली लिएर हुम्ला गएको बताए । मुगुमा आज पठाइने मन्त्री रावलको भनाई छ ।

अन्य जिल्लामा भने आजै स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली पठाइएको मन्त्री रावलले जनाए । सरकारले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पतालका चिकित्सकहरुको टोलीलाई २७ स्थानमा खटाएको हो । गाउँ खटिने चिकित्सकको टोलीमा नर्सिङ, चिकित्सक र जनस्वास्थ्य विज्ञहरु रहने छन् । उनीहरुले घरदैलोमै पुगेर कोरोनाबारे अनुसन्धान, उपचार र सचेतनाका क्रियाकलाप गर्नेछन् ।

गाडी र एयर लिफ्टिङबाट ७१८ वडामा स्वास्थ्यकर्मी

धानको बीउ बोकेको एम्बुलेन्स प्रहरी नियन्त्रणमा

गाडी र एयर लिफ्टिङबाट ७१८ वडामा स्वास्थ्यकर्मी

लकडाउनमा काठ तस्करीको सक्रियता बढ्यो

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds