कालीकोटका सांसदद्वय जनता भेटघाटमा व्यस्त

तुलराज पाण्डे
कालीकोट, ७ मंसिर ।
कालीकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्ग बहादुर रावत –उज्ज्वल र कर्णाली प्रदेश सांसद तथा संसदीय दलका सचेतक कुर्मराज शाही जनता भेटघाटमा गाउँ गाउँमा पुग्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा तिलागुफा वडा कमिटी राचुलीमा आयोजना गरिएको जनता भेटघाट कार्यक्रममा उहाँहरु दुवै जना गाउँ पुग्नुभएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद तथा सचेतक शाहीले विकासमा तेरो मेरो तथा पक्ष विपक्ष नभन्न नगरबासी सबैलाई आग्रह गर्नुभयो । पक्ष र विपक्षमा लाग्दा आफैलाई हानि हुने उहाँको तर्क थियो । नगरको विकासका लागि तेरो मेरो भन्दा पनि सबै एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

नेपाल कृषि प्रधान देश भएकाले कर्णाली प्रदेश मा अब आधुनिक कृषि क्रान्ति गर्नुपर्ने र गुणस्तरीय र सुलभ सेवा उपलब्ध गराउन सरकार तयार रहेको पनि बताए । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तिलागुफा वडा कमिटी अध्यक्ष मोतीलाल शाहीलेको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटी सदस्य एवं प्रतिनिधि सभा सदस्य माननीय दुर्गबहादुर रावत (उज्ज्वल) को प्रमुख आतिथ्यता र नेपाल कम्युनिस्ट पार्टी( नेकपा ) कर्णाली प्रदेश कमिटी सदस्य एव संसदीय दलको सचेतक माननीय कुर्मराज शाहीको बिशेष आतिथ्यतामा भएकाे थियाे ।

नेपाल कम्युनिस्ट पाटी नेकपा कर्णाली प्रदेश कमिटी सदस्य एव महावै गाउँपालिका इन्चार्ज लक्ष्मीप्रसाद चौलागाईं (शैलेन्द्र), नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोट जिल्ला सचिवालय सदस्य एवं तिलागुफा नगर कमिटी अध्यक्ष दिनेश चदरा, तिलागुफा नगर कमिटी सचिव श्री शाही, खाँडाचक्र नगर कमिटी सचिव धनलाल अधिकारी (बिहानी), जिल्ला सचिवालय सदस्य महेन्द्र बहादुर शाही, कमल बहादुर शाही, तिलागुफा नगर कमिटी कार्यालय सदस्य गणेश बहादुर शाही, अनेरास्ववियू कालिकोट जिल्ला संयोजक मनसिंह शाही, सचिवालय सदस्य अमित शाही, सदस्य खगेन्द्र मल्ल लगायत नेता कार्यकर्ता, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया