भूमि समस्या समाधान आयोगको चौकुनेमा अनुशिक्षण

सुर्खेत, ७ मंसिर ।
भूमि समस्या समाधान आयोगको काम, कर्तव्य, भूमिका, कानूनि प्राव्धानका बारेमा अनुशिक्षण कार्यक्रम चौकुनेमा सम्पन्न भएको छ । आयोगका अध्यक्ष देवि प्रसाद ज्ञावलीले आगामी आर्थिक बर्ष भित्र चौकुनेमा भुमि सम्बन्धि समस्या समाधान गर्ने गरी काम सुरु भएको बताउनुभयो ।

चौकुने गाउँपालिकामा भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी र अवस्थित बसोबासलाई प्रक्रिया मिलाएर जग्गाधनीहरुलाई लालपुर्जा वितरण गरिने जानकारी दिनुभयो । राजनैतिक अस्थिरका कारण ७० वर्षपछि भुमी सम्बन्धि सबै समस्याहरु समाधान हुने गरी ऐन, कानुन बनेकोले आगामी ३ वर्ष भित्र देश भरीका भुमिसम्बन्धि समस्या समाधान गर्न आयोगले तयारी गरेको समेत बताउनु भयो ।

शुरुमा आयोगले परिक्षणको लागि देशभरीका १४ वटा स्थानीय तहमा काम गर्न लागेको र कर्णाली प्रदेशमा सुर्खेतका दुई वटा स्थानीय तह मध्ये गुर्भाकोट नगरपालिका र चौकुने गाउँपालिकामा आयोगले काम शुरु गर्न लागेको हो । कार्यक्रममा नेपाल सरकारका सहसचिव एवम् आयोगका सदस्य सचिव लिला प्रसाद शर्माले भुमि सम्बन्धि समस्या समाधानहरुको बारेमा प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेकपा सुर्खेतका कार्यालय सदस्य मोहनसिं बडुवालले चौकुने गाउँपालिकामा रहेका भुमिहिन सुकुम्बासीहरुलाई भुमिको मालिक बनाउने गरी आयोगले काम अगाडि बढाउन लागेकोले समयमै लागत संकलन गरी लालपुर्जा वितरण कार्यमा सहभागी हुन चौकुनेबासीहरुलाई आह्वान गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले आगामी आर्थिक वर्ष भित्र चौकुनेका बासिन्दाहरुको हात–हातमा पुर्जा पुरयाउने गरी काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । तीन महिना भित्र लागत संकलन गरी सक्ने गरी कर्मचारी व्यवस्थापन गर्ने र आफुहरु १८ घण्टा खट्न तयार रहेको बताउनुभयो । कार्यक्रममा आयोगका उप–सचिव राजेन्द्र अर्याल, आयोगका नायब सुब्बा सुमन पौडेल, चौकुने गाउँपालिकाका कार्यपालिका सदस्य, वडा, सदस्य, बुद्धिजीवी लगायत १५० जना भन्दाको सहभागीता रहेको थियो ।

कार्यक्रममा आयोगका अध्यक्ष देवि प्रसाद ज्ञावलीको प्रमुख आतिथ्यता, पालिका अध्यक्ष धिर बहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो भने गाउँपालिका उपाध्यक्ष निर्मला मगरले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम गाउँपालिकाका निमित्त प्रमुख प्रसासकिय अधिकृत टेकेन्द्र बुढाले संचालन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया