युवा नेता हमालद्वारा ४२ सय मास्क वितरण

बिनोद कुमार घर्ती
जाजरकोट, २८ चैत्र ।
नेकपाका समाजसेवी युवानेता तप्त हमालले ४२ सय माक्स कुशेगाउँपालिकालाई हस्तन्त्रण गरेका छन् । बन्दाबन्दी (लकडाउन) अवधीको समयमा आफ्नो ज्यान नै धरापमा राखी जाजरकोट सदरमुकाम खलंगाबाट करिव एन दिनको यात्रामा कुशेगाउँपालिकामा गही यृुवा नेता तप्त हमालले कुशेगाउँपालिकाका निमित्त प्रशासकिय अधिकृत खेमराज थापालाई माक्स हस्तान्त्रण गरेको हुन ।
नोवेल कोरोना भाईरस (कोभिड–१९) को जोखिमबाट बचाउन आफ्नो कुशे गाउँपालिकाका जनताहरुलाइ माक्स वितरण गरिएको नेता हमालले जानकारी दिए । केही दिन अगाडी बन्दाबन्दीकै समयमा नेता हमालले आफ्नो गाउँपालीकाका जनताहरुलाई माक्स बाड्न पाइएन भन्दै स्टार टिभि नेपाल संग गुनासो गरेता पनि अहिले आफै गएर गाउँपालिकालाई माक्स हस्तान्त्रण गरेर गाउँमा कोरोना रहित गाउँ बनाउन र जनताहरुलाई कोरोना विरुद्ध जनचेतना सन्देश दिन पाउदा म खुसी छु भन्दै खुसी व्यक्त गरेका हुन ।
त्यस्तै समाजसेवी युवानेता हमालका अनुसार आफुले कोरोना विरुद्ध रोकथामको लागि गाउँपालिकालाई माक्स मात्रै हस्तान्त्रण नभएर सरकारले आव्हान गरेको बन्दाबन्दी (लकडाउन) अवधीभर आफ्नो घरमा घरभाडामा लिई बस्नेहरुबाट जिल्लामानै पहिला पटक घरभाडा नलिने घोषणा गरेको हमालले जानकारी दिए ।






