घर आगलागीबाट दुई लाखको क्षति

प्रचण्ड खत्री
रुकुम पश्चिम, ४ कार्तिक ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नं. ९ भेडाखेत एक घर आगलागी भएको छ । स्थानीय रुद्र बहादुर ओलीको तीन तले घरमा साढे ३ बजेतिर आगलागी भएको थियो । आगलागी बाट दुई लाख बराबरको सामान नस्ट भएको अस्थायी प्रहरी पोस्ट छिनखेतका इन्चार्ज बालकृष्ण खड्काले बताए ।

घर आगलागीबाट पूर्ण रुपमा क्षति भएको छ । स्थानीय, नेपाल प्रहरीले गरी आगोलाई एक घण्टा पछि नियन्त्रणमा लिएको प्रहरी बताएको छ । मानविय र अरु कुनै क्षति नभएको परिबारले जनाएको छ । घर आगलागी कसरी र कसले लगाएको भन्ने बिषयमा जानकारी आउँन बाँकि रहेको छ ।

तपाईको प्रतिक्रिया