अब कर्णालीका अस्पतालमा भेटिने छैनन् हरि डाक्टर सा’ब

काठमाडौं, १८ असोज ।
बाँकेको भेरी अस्पतालमा अरू दिनजस्तै बिहीबार पनि चिकित्सकहरू कोरोना संक्रमितको सेवामा खटिइरहेका थिए । अस्पतालमा भर्ना भएका कोरोनाका बिरामीहरूको हेरचाहमा उनीहरू व्यस्त थिए । तर त्यही दिन मध्याह्न अस्पताल परिसरमा एकाएक सन् नाटा छायो । यो अस्पताल केही महिनादेखि कोरोनाका बिरामीले भरिने गरेको छ ।

कोरोना भएर आएका धेरै बिरामी निको भएर हात हल्लाउँदै घरतिर लाग्छन् त केही बिरामी कोरोनाविरुद्धको लडाईं हारेर सेतो कपडामा बेरिएर जंगलतिर लगिन्छन् । यसैगरी कोरोनासँगको लडाईं हार्ने एकजना बिरामी थिए : वरिष्ठ अर्थोपेडिक्स डा. हरि सापकोटा । १५ दिनदेखि कोरोनाविरुद्ध संघर्ष गरिरहेका सापकोटाको स्वास्थ्य बिहीबार बिहानैदेखि गम्भीर बन्दै गएको थियो । उनको स्वास्थ्य बिग्रिएपछि उपचारमा संलग् न चिकित्सकहरूको पनि चिन्ता बढेको थियो ।

अब भेटिने छैनन् प्यारा डाक्टर बिहीबार बिहानदेखि गम्भीर बिरामी परेका उनले सवा ३ बजे कोरोनाविरुद्धको लडाईं हारेर यो संसारबाट बिदा भए । यो लडाईं हारेसँगै अब उनलाई कर्णालीका जनताले देख् न पाउने छैनन्, उनको सेवा लिन पाउने छैनन् । फेरि बिरामीहरूको सेवामा फर्किने आशमा उनी अस्पतालको शैयामा थिए । तर उनले लडाईं हारे, अब उनी कर्णालीका अस्पतालमा फेरि भेटिइने छैनन् । पुराना कहलिएका डाक्टर सा’बलाई बचाउन अन्य डाक्टर सघन कक्षमा अहिलेसम्मका सबै उपाय लगाए । प्लाज्मा थेरापी विधि अपनाइयो ।

रेमडेसिभर औषधि पनि दिइयो । तर यी दुवै विधिले उनका लागि फेरि बिरामीको नाडी समात् ने सपनामा साथ दिएनन् । अन्तिम अवस्थासम्म बचाउने अस्पताल प्रशासन र चिकित्सकहरूको प्रयास सफल भएन, उनी सदाका लागि बिदा भए । प्रादेशिक अस्पताल सुर्खेतमा बिरामी चेकजाँचकै क्रममा उनलाई कोरोना संक्रमित भएको थियो । काठमाडौं जान मानेनन् उनलाई काठमाडौंका चिकित्सकहरू भन्दा सुर्खेत र बाँकेका साथीहरूमा बढी भरोसा र विश् वास थियो । त्यही भएर अवस्था गम्भीर भइसक्दा पनि उपचारका लागि काठमाडौं जान मानेनन् ।

‘काठमाडौंमा उपचार गर्न जानुपर्छ भन्दा पनि मान् नु भएन’, भेरी अस्पतालका एक चिकित्सक भन्छन्, ‘अरु संक्रमितलाई उपचार गरेजस्तै यहीँको उपचारले ठीक हुन्छ भन नुहुन्थ्यो ।’ नेपाल सरकारको ११ औँ तहका हाड जोर्नीका प्रसिद्ध डाक्टर थिए सापकोटा । सुदूरपश् चिम र कर्णाली प्रदेशका बिरामीका लागि सापकोटा भगवानसरह थिए । नेपालगञ्जमा त उनलाई नचिन् नेहरू कमै थिए ।

पुख्र्याैली थातथलो भारतको आसामबाट आएको थियो उनको परिवार । बाँकेको खजुरामा २०२४ सालमा आएर बसेका थिए । उनले चिकित्सकीय उपाधि लिने क्रममा नेपालका विश्वविद्यालयदेखि रसियासम्म पुगेर पढेका थिए । बाँकेको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसी गरेका उनले वीरगञ्जबाट हेल्थ असिस्टेन्ट कोर्ष गरेका थिए । त्रिवि शिक्षण अस्पतालबाट अर्थोपेडिकको कोर्ष पूरा गरेका सापकोटाले रसियाबाट एमबिबिएस पढेर आएका थिए ।

सेवा गर्न सधैँ तत्पर पहिलोपटक दैलेख जिल्ला अस्पतालमा पुगेका थिए उनी । जिल्ला स्वास्थ्य प्रमुख भएर सरकारी सेवा सुरु गरेका थिए । उनले आफ्नो जीवनको धेरै समय पहाडी ग्रामीण क्षेत्रमा बिताए । दुर्गम मा सुविधा सम्पन् न अस्पताल खोल्ने सपना बोकेका थिए उनले । राजधानी बाहिरका बिरामीलाई पनि राम्रो उपचार दिनुपर्ने सोच साँचेका थिए । त्यसपछि उनले बाँकेको भेरी अस्पतालमा पाँच वर्ष काम गरे । जुन बेला नेपालमा गृहयुद्ध चलिरहेको थियो ।


२०५८ सालदेखि ०६१ सम्म उनले त्यहाँ सेवा गरे । मुलुकमा शान्तिको बिगुल बज् न थालेपछि उनी सुर्खेतको क्षेत्रीय अस्पतालमा सरुवा भए । हाड जोर्नी विशेषज्ञ उनले तराई देखि पहाडी क्षेत्रमासमेत जनताको धेरै सेवा गरे । कर्णालीको दुर्गम क्षेत्रमा राज्यको नजरमा अपहेलित थियो । स्वास्थ्य सेवा र शिक्षाको अभाव रहेको त्यो ठाउँमा अरु जान मान्दैन थिए तर उनी सधैँ अगाडि सर्थे सापकोटाकी श्रीमती बिएसी नर्सिङ थिइन् ।

उनको ८ वर्ष अगाडि सडक दुर्घटनामा मृत्यु भएको थियो । एक छोरा चिकित्सक र छोरी अष्ट्रेलियामा एमएससी गरिरहेकी छिन् । दुर्गममा अस्पताल खोल्ने सपना सापकोटाको निधनबाट परिवारले मात्रै नभइ राष्ट्रले पनि स्वास्थ्य क्षेत्रको एक असल योद्धा गुमाएको एकजना आफन्त बताउँछन् । कर्णालीको दुर्गम क्षेत्रमा अस्पताल खोल्ने धोको थियो उनको । त्यो सपना अधुरै छाडेर उनी बिदा भएका छन् । परिवारका सबै सदस्य मिलेर उनको सपना पूरा गर्ने संकल्प गरेका छन् । निष्ठावान् चिकित्सक दैलेख जिल्ला अस्पताल प्रमुख भएदेखि नजिकबाट डा. सापकोटालाई चिनेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश थापा बताउँछन् ।

सरल, मृदुभाषी सापकोटाले समाज र राष्ट्रप्रति सदा निष्ठावान् भएर काम गरेको उनले बताए । ‘अस्पतालमा आउने सबै बिरामीले उहाँलाई रुचाउँथे,’ थापाले भने,’ बिरामीको सेवालाई पहिलो प्राथमिकतामा राख्नुहुन्थ्यो ।’ सापकोटाको मृत्युले प्रदेश ५,६ र ७ लाई मात्र नभई समग्र राष्ट्रलाई क्षति पुगेको उनले सुनाए । मुलुककै गनिने अर्थोपेडिक्स डाक्टर थिए उनी । कर्णाली प्रदेशको पहिलो अर्थोपेडिक्स डाक्टरका रुपमा उनको अर्को परिचय थियो ।

‘सहरका सुविधासम्पन् न अस्पतालभन्दा विकट जिल्लामा गएर बिरामीको सेवा गर्न रुचाउनु हुन्थ्यो,’ थापाले सुनाए,’ गरीब र अशक्त मानिसको उपचार गर्न सक्दा पो असल चिकित्सक भइन्छ भन् नुहुन्थ्यो ।’ डा. सापकोटाको उपचारका लागि स्वास्थ्य मन्त्रालयलाई पनि खबर गरिएको थियो । उनले नै काठमाडौं जान नमानेकोले भेरी अस्पतालमा उपचार गरिएको उनले बताए । काठमाडौंमा लगे पनि भेन्टिलेटरमा गरिने उपचार सुविधा बाँके र सुर्खेतमै पाइने भन्दै उनले त्यहाँ नजाने अडान लिएका थिए । थापाका अनुसार स्वास्थ्य बिग्रिँदै गएपछि भारतको दिल्लीमा उपचार गर्नेबारे पनि छलफल भएको थियो ।

डा. सापकोटाको नाममा संक्रामक अस्पताल बनाउन सरकारसँग पहल गरिने थापाले बताएका छन् । उनको योगदानलाई सम्मान गर्न र सम्झिरहन सरकारसँग यो माग राखिने उनले जानकारी दिए । ‘शहीद घोषणा गरौँ’ तीन दशकदेखि कर्णाली प्रदेशमा अनवरत स्वास्थ्य सेवा दिएका विशेषज्ञ चिकित्सक सापकोटाले कोभिडविरुद्धको लडाईँमा ज्यान गुमाए ।

सापकोटाको निधनले राष्ट्रलाई ठूलो क्षति भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खडका बताउँछन् । डा. सापकोटालाई ’स्वास्थ्य शहीद’ घोषणा गरिनुपर्ने कुरा उनले उठाएका छन् । कोभिडविरुद्ध लडाईंको अग्रमोर्चामा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई उच्च मनोबलका साथ अगाडी बढिरहन पनि उनले समयमा प्रोत्साहन भत्ता दिनुपर्ने बताएका छन् ।

कर्तव्यनिष्ठ चिकित्सक गुमायौँ : 
स्वास्थ्य मन्त्रालय स्वास्थ्य मन्त्रालयले सापकोटालाई एक कर्तव्यनिष्ठ चिकित्सकका रुपमा सम्झिएको छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले स्वास्थ्य क्षेत्रमा रहेर तीन दशक इमानदारीका देश र जनताको सेवामा सापकोटाले गरेको बताए । ‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सक्रिय रही कार्यरत रहेको अवस्थामा उहाँलाई हामीले गुमाएका छौं’, उनले भनेका छन्, ‘एकजना कर्तव्यनिष्ठ चिकित्सक गुमाउनु पर्दाको पीडा वर्णन गर्न सकिँदैन ।’ (थाहाखबरबाट)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार