हुम्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर

हुम्ला, २७ भदौ ।
हुम्ला जिल्ला अस्पतालमा पहिलोपटक आईसीयु बेड र भेन्टिलेटर जडान गरिएको छ । अस्पतालमा ४ वटा एसीसमेत जडान गरिएको छ ।
अस्पताल प्रमुख डा. टासी लामाका अनुसार ३ वटा आईसीयू र एउटा भेन्टिलेटर जडान गरिएको छ ।

कोरोना संक्रमणलाई लक्षित गरी स्तरोन्नति गरिएको उनले बताए । ‘अब जटिल अवस्थाका बिरामीलाई बाहिर रिफर गर्नुपर्दैन, यहीँ राखेर उपचार गर्न सकिन्छ,’ उनले भने, ‘दुर्गम क्षेत्रमा समेत बिरामीको सहजै उपचार हुनसक्ने भएको छ ।’ आईसीयू र भेन्टिलेटर जडानपछि आवश्यक जनशक्तिको मागसमेत गरिएको उनले बताए ।

तपाईको प्रतिक्रिया