रेडक्रसद्वारा सल्यानका बाढीपीडितलाई राहत

दुर्गा विसी
सल्लीबजार, ८ भदौं ।
सल्यान पश्चिमका बाढीपिडितलाई जिल्ला रेडक्रस शाखा सल्यानले राहत सामाग्री हस्तान्तरण गरेको छ । त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा र घरायसी आवश्यक सामाग्री वितरण गरिएको छ ।

कर्णाली प्रदेश नेपाल रेडक्रसका प्रदेश सदस्य गणेश विसी, बनगाड कुपिण्डे नगगरपालिका सल्लीवजार रेडक्रस शाखाका सभापति पुष्कर विसी, सचिव टेकबहादुर पुनले सो सामाग्री पिडित प्रशुराम वुढा र इन्द्रा वुढालाई हस्तान्तरण गर्नुभएको छ ।

तत्काल चाहिने नभइ नहुने अत्यावश्यक वस्तु रेडक्रसले उपलब्ध गराएको छ । घरवारविहीन दुई घरपरिवारलाई रेडक्रसले राहत सामग्री प्रदान गरेको छ । बाढीपिडित तथा महामारीमा रेडक्रसले पहिलेदेखि नै यस क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया