वीरेन्द्रनगरमा ९ गतेसम्म निषेधाज्ञा

सुर्खेत, ५ भदौं ।
सुर्खेतको वीरेन्द्रनगरमा जारी निषेधाज्ञा चार दिन थप गरिएको छ । भदौँ १ गतेदेखि लागु भएको निषेधाज्ञा ९ गते राती १२ बजेसम्मका लागि थपिएको हो । आज बसेको कोरोना संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा ९ गतेसम्म थप्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । संक्रतिको दर बढ्न थालेपछि निषेधाज्ञा पनि थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए ।

पछिल्लो दुइ दिनमा वीरेन्द्रनगरका १४ जनामा कोरोना संक्रमण देखिएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाहरु स्वास्थ्य, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, दूध फेहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी पसल र तरकारी सञ्चालन गर्न पाइने छ । स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवाका कार्यालय बाहेक अन्य बैंक, वित्तिय संस्था, सहकारीका सेवा प्रवाह पनि बन्द हुने छ ।

त्यस्तै निषेधाज्ञा अवधिभित्र दाहसंस्कार कार्यमा बढीमा १५ जना सहभागी हुन पाइनेछ ।  तर धार्मिक, सामाजिक लगायतका जमघट गर्न पाइने छैन् । अत्यावश्यक सवारी साधानहरु एम्बुलेन्स, शववाहन, दमकल, भिआइपीका झण्डासहितका सवारी साधन, सुरक्षा, स्वास्थ्य, कूटनीतिक नियोगका सवारी साधन, प्रेस तथा सञ्चारकर्मीका सवारी साधन निर्वाद रुपमा चल्न पाउने छन् ।

तपाईको प्रतिक्रिया