कर्णाली, बागमती र ५ नम्बर प्रदेशमा नयाँ मुख्यमन्त्री

काठमाडौं, ४ भदौं ।
लामो समयदेखि आन्तरिक विवादमा फसेको सतारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्ततः चैतमा महाधिवेशन गर्ने गरी सहमतिको बाटो तय गरेको छ । साउन २० गतेबाट वार्तामा बस्न नसकेका अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विहीबार बसेको बैठकले जारी विवाद समाधानको लागि चैतमा महाधिवेशन गर्ने गरी कार्य विभाजनमा सहमत भएसँगै नेकपाको विवाद समाधानउन्मुख भएको हो ।

करिब दर्जनबढी भेटवार्तामा जुटे पनि अध्यक्षद्वयले सहमति गर्न नसकेपछि नेकपाका दोस्रो तहका नेताहरूले दुई अध्यक्षलाई सहमतिमा ल्याउन सफल भएका हुन् । विशेषगरी महासचिव विष्णु पौडेल, सुवास नेम्वाङ र जनार्दन शर्मालगायतका नेताहरूले झण्डै १० दिन लगातार ओली र प्रचण्डसँगको परामर्शपछि एक सहमतिको खाका तयार गरेका थिए ।

उक्त खाकामा ओली र प्रचण्ड सकारात्मक भएपछि उनीहरू विहीबार वार्तामा बसेका थिए । उनीहरू दोस्रो तहका नेताहरूले तयार पारेको खाकाको मूल मर्म नमर्नेगरी परिमार्जन गरेर बृहत् सहमतिको लागि तयार भएका हुन् । ओली र प्रचण्ड बीचको वार्तामा महाधिवेशनदेखि शीर्ष नेताहरूको कार्यविभाजन र राजनीतिक कार्यदिशादेखि आगामी निर्वाचनसम्मको खाका तयार पारेर बृहत् सहमति गरेर विवाद समाधान गर्न सहमत भएका छन् ।

प्रचण्डले बालुवाटार जानु अगाडि नै वरिष्ठ नेता माधव नेपाल र झलनाथसँग परामर्श गरेर कतिसम्म लचिलो भएर प्रस्तुत हुने भन्नेमा निश्चित भएर बालुवाटार प्रस्थान गरेका थिए । दोस्रो तहका नेताहरूले तयार पारेको खाका बारे पनि प्रचण्ड नेपाल समूहमा छलफल भएको थियो । फलतः प्रचण्ड र ओली दुबैजना केही लचिलो हुँदै सहमतिको नजिक पुगेका हुन् ।

ओली र प्रचण्ड बिच भएको सहमति अनुसार मन्त्रीपरिषद् पुर्नगठन र कर्णाली प्रदेश, वागमती प्रदेश र ५ नम्बर प्रदेश गरी ३ वटा प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने भएको छ । कार्यकाल २ वर्ष पूरा गरेका मन्त्रीहरूलाई विदाइ गर्ने ओली–प्रचण्डको तयारी रहेको स्रोतले बतायो । त्यसैगरी कम्तिमा पनि ३ मुख्यमन्त्री फेरबदल गर्ने बारेमा पनि ओली–प्रचण्ड सहमत भएको बताइन्छ । बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेल र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकाे कमजाेर कार्यक्षमताका कारण पदबाट हटाउन थालिएकाे हाे भने प्रदेश न‌‍ ५ का मुख्यमन्त्री शकर पाेख्रेलकाे अावश्यकता प्रदेश भन्दा केन्द्रमा खड्किएपछि राष्टि्य राजनीतिमा महत्वपूर्ण जिम्मेवारी सहित माथी लिन खाेजिएकाे स्राेतकाे दावि छ ।  नेता श‌कर पाेख्रेल दुइ अध्यक्ष केपि शर्मा अाेली र प्रचण्ड पुष्पकमल दाहाल दुवैका विचमा समन्वय, सम्वाद, छलफल गराउन सक्ने नेताकाे रुपमा चिनिन्छन । उनले दुइ अध्यक्षकाे विवाद हुँदा स‌धै स‌घिय राजधानी पुगेर दुइ अध्यक्षकाे सम्वाद, छलफल गराउने गरेका छन् ।

पूर्व एमालेको तर्फबाट दुई र पूर्वमाओवादी तर्फबाट एक गरी ३ मुख्यमन्त्रीलाई विदाइ गर्ने तयारी गरिएको छ । कर्णाली प्रदेशमा पूर्व माओवादीको कोटाबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाही र प्रदेश ५ मा पूर्व एमाले कोटाबाट भएका शंकर पोखरेललाई हटाउने तयारी भैरहेको छ । कर्णाली प्रदेशमा पूर्व एमाले र ५ नम्बर प्रदेशमा पूर्व माओवादीलाई मुख्यमन्त्री बनाउने र बागमती प्रदेशमा माधव नेपाल पक्षिय अष्टलक्ष्मी शाक्यलाई बनाउने तयारी रहेको स्रोतले बताएको छ ।

त्यसैगरी माधव कुमार नेपाल पक्षलाई समेट्न संघीय सरकारमा केही मन्त्री थाप्न ओलि प्रचण्ड सहमत भएका छन् । त्यस्तै संबैधानिक आयोग, सुरक्षा, न्यायालय, बिश्वबिद्यालयका पदाधिकारी तथा अन्य आयोगहरुमा नियुक्ति प्रक्रिया सन्तुलित र आपसी समझदारीमा गर्न दुबै पक्ष सहमत भएका छन् ।

तपाईको प्रतिक्रिया