मन्दिर प्रवेश गएको आरोपमा कुटिए दलित

तुलराज पाण्डे
कालीकोट, ३१ साउन ।
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं. ४ का २२ वर्षीय पंखबहादुर विक दलित भएकै कारण कुटिनु भएको छ । धार्मिक परम्परा अनुसार शुभकालिका गाउँपालिका वडा नं. ७ स्थित मच्छेवाडीमा धल्पूरा देवताको पुजा गर्न मन्दिर भित्र प्रवेश गर्न खोज्दा साउन २६ गते पंखबहादुर बिकलाई कुटपिट गरिएको हो ।

बिकलाई शुभकालिका गाउँपालिका वडा नं. ५ वस्ने वर्ष २६ वर्षीय कमल शाही, वर्ष २७ का २७ का युवराज शाही, वडा नं. ८ का वर्ष २१ का दिनेश सेजुवाल, शुभकालिका गाउँपालिका वडा नं. ६ वस्ने वर्ष २२ अर्जुन शाहीले दलित भएकै कारणले मन्दीरमा प्रवेश गर्दा कुटपिट गरेको पिडित पंखले बताउनुभयो । उहाँहरुले दलितले मन्दीर प्रवेश गर्न पाउँदैन भन्दै आफुमाथी निर्घात कुटपिट गरेको बताउनुभयो ।

आफुलाई मन्दिरमा जान पाईदैन् भन्दै बाटो छेकेर जातीय विभेदका आधारमा गाली गर्दै ढुङ्गा र दाउराले कुटपिट गरी भिरबाट खसालिदिएको विकको आरोप छ । ‘मार्ने गरी कुटपिट गरे, गाली त्यस्तै त्यो समाजमा एक दलितको युवा कुटिँदा सम्झाउने कोही भएन पिडित बिकले दुखेसो गर्नुभयो । जातिय बिभेदका कारणले आफुलाई कुटपिट भएको उहाँको दावी छ । कुटपिटवाट बिकको दायाँ खुट्टा र घाँटीमा गम्भीर चेट लागेको छ । जिल्ला अस्पताल कालीकोटका सुचना अधिकारी कटकवहादुर महतले ठाउँठाउँमा चोट लागेको र उहाँको जिल्ला अस्पतालमै उपचार भईरहेको बताउनुभयो ।

कुटपिटमा संलन्नका चारै जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय कालीकोटमा जातिय छवाछुत तथा बिभेद समवन्धीको कसरमा मुद्धा दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटले आफ्नो दर्तामा १६ आंै स्थानमा दर्ता भएको दर्ता नम्वर समेत उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटमा साउन २९ गते मुद्धा दर्ता भएको छ । प्रहरी प्रमुख डिएसपी श्यामवावु ओलियाले जातिय बिभेद गरेको कसुरमा मुद्धा दर्ता भएको ओरोपितहरु फराहर रहेकाले खोजी भईरहेको बताउनुभयो ।

यस भन्दा अगाडी पनि जातिय छुवाछुतको कसुरमा मुद्धा दर्ता हुने र अदालतसम्म जाँदा पिडित पक्षले नै बयान बदलेर मुद्धा कमजोर हँुदै आएका छन् भने अर्कोतर्फ सामान्य बिवादलाई पनि दलित अगुवाहरुले जातिय बिभेद भएको जवजस्त दावी गर्दै आउने गरेका छन् । अदालतले भने जो पिडित भनिएको हुन्छ उसैले अदालतमा आएर होइन बिभेद भएको भनेर बयान दिँदा मुद्धा कमजोर हुने गरेको बताएको छ ।

तपाईको प्रतिक्रिया