जुम्लाको कनकासुन्दरी गाउँपालिका सिल

जुम्ला, २४ साउन ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका सिल गरिएको छ । कोरो ना भाइरस (कोभिड–१९) संक्रमित भे टिएपछि सूचना जारी गरी गाउँपालिका सिल गरिएको हो । कनकासुन्दरी गाउँपालिका–३ लुम गाउँकी ४२ वर्षीया महिलामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले ३ दिनसम्मका लागि सिल गरिएको गाउँपालिकाका अध्यक्ष नरवीर रावतले बताए ।

‘लुम गाउँमा समुदायस्तरमा नै कोरोना भाइरस रोग देखिएको छ,’ उनले भने, ‘थप संक्रमण फैलिन नदिन र चेकजाँचका लागि गाउँपालिका ३ दिन सिल गरिएको हो ।’ साउन २२ दे खि २५ गतेसम्म गाउँपालिका सिल गरिएको गाउँपालिकाले जनाएको छ ।  त्यस्तै, जिल्ला प्रशासन कार्यालय जुम्लाले सूचना जारी गर्दै कनकासुन्दरी गाउँपालिका–३ पूर्णरूपले सिल गरि एको जनाएको छ । पूर्वमा मालिकाबोता, पश्चिममा विराट, उत्तरमा कालेकाँडाले क र दक्षिण गोठीज्यूला बजार को ४ किल्ला क्षेत्रमा औषधि पसल र स्वास्थ्य सेवाबाहेक सम्पूर्ण क्रियाकलाप पूर्णरूपले बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया