पञ्चपुरीका बालबालिकालाई स्टेशनरी सहयोग

सुर्खेत, २० साउन ।
पञ्चपुरी नगरपालिकामा सञ्चालन भएका बाल सुलभ केन्द्रलाई सोमबार स्टेशनरी बितरण गरिएको छ । महिला तथा बालबालिकाको न्यायमा पहुँचको लागि संरक्षण संयन्त्र सहजिकरण कार्यक्रम अन्तरगत AEIN nShDa/ TDH जर्मन र आवाज संस्था सुर्खेतको सहयोगमा पञ्चपुरी का १२० जना बाल सुलभका बालबालिकालाई ९ ओटा कापी, ५ ओटा डटपेन र मास्क बितरण गरिएको हो ।

सामाग्री बितरण गर्दै नगर प्रमुख उपेन्द्र बहादुर थापाले आवाजले गरेको सहयोगको उच्च कदर गर्नुभएको छ । साथै उहाँले पञ्चपुरीमा धेरै जसो नागरिक लकडाउनको समयमा बिदेश तथा भारतबाट घरमा आएको र उनीहरुको लागि रोजगारीको ब्यवस्थापन गर्नु नगरको कर्तब्य रहेको बताउनुभयो ।

आवाज संस्थाले नगरपालिका भित्रका ७० जना युवाहरुलाई यस बर्ष ब्यवसाय गर्नका लागि सहयोग गर्ने भएको आवाज संस्थाका कार्यक्रम संयोजक सुशील कुमार कार्कीले जानकारी दिनुभएको छ । नगर प्रमुख थापाले नगरपालिका र आवाजको साझेदारीमा कोरोनाका कारण घर फर्केका युवाहरुलाई प्राथमिकता दिएर सहयोग गर्ने बताउनुभयो ।

आवाज संस्थाले पञ्चपुरी–२ को सर्टेनी, वडा नं. ३ को तोक्मा, वडा नं. ६ को चतुरे र वडा नं. ५ को टाटीमा बाल सुलभ केन्द्र सञ्चालन गर्दै आएको छ । स्टेशनरी बितरणको क्रममा वडा नं. ६ का अध्यक्ष खड्कबहादुर थापाले बाल सुलभ केन्द्र सञ्चालनले बालबालिकाको सामाजिक ब्यवहारमा परिवर्तन आएको बताउनुभयो ।

वालसुलभ केन्द्रलाई निरन्तरता दिन वडा स्तरबाट बजेट ब्यवस्थापन गरेको र आगामि दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । आवाजले केही दिन अघि मात्रै पञ्चपुरी का ९० जना बालबालिकालाई छात्रवृत्ति समेत बितरण गरेको छ ।

तपाईको प्रतिक्रिया