जाजरकोटका सहसचिव बुढालाइ गृह प्रवक्ता तोकियो

सुर्खेत, १८ साउन ।
गृह मन्त्रालयले मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी तोकेको छ । जाजरकोट निवासी वरिष्ठ सहसचिव चक्र बहादुर बुढालाई गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी तोकिएको छ । गृह मन्त्रालयले बुढालाई मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको हो ।

शान्ति सुरक्षा महाशाखा हेर्ने सहसचिवलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहँदै आएको छ । बुढा यस अघि मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखको रुपमा रहेका थिए । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिन अघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएपछि गृह प्रवक्ता र शान्ति सुरक्षा महाशाखा रिक्त रहँदै आएको थियो ।

तपाईको प्रतिक्रिया