‘उपभोक्ता अधिकार कानुनमै सिमित’

सुर्खेत, १६ साउन ।
उपभोक्ता हकहित संरक्षणका लागि बनेका ऐन कानुन कानुनमै सिमित भएको सरोकारवालाहरुले बताएका छन् । बिहीबार इन्सेक कर्णाली प्रदेशले आयोजना गरेको ‘वीरेन्द्रनगर नगरपालिकाको बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन’ विषयक छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

‘ब्यापारीले म्याद गुर्जेका र खानै नमिल्ने बस्तुहरु बिक्री गरिरहेका छन्’ कार्यक्रममा सहभागी लक्ष्मी शर्माले भनिन्, ‘उपभोक्ताले सामान कहिले बनेको मिति हेर्दैन, झाडापखाला भएपछि मात्रै बस्तु खराव रहेछ भन्ने बुझ्छ आखिर यसको अनुगमन कस्ले गर्ने ?’ उपभोक्तको अधिकारका लागि बनेका कानूनहरु कार्यान्वयनमा आउन नसक्दा चाउचाउदेखि तरकारी किन्दा ठगिदै आएको बताइन । बढी लाभ लिने उद्देश्यले उत्पादकले रसाइनिक र अखाद्य बस्तु मिसावट हुने गरेको उनको तर्क थियो । त्यस्तै उपभोक्ता हकहित संकरक्षण मञ्च कर्णाली प्रदेशका अध्यक्ष आकाशतारा बयकले उपभोक्ताहरु सचेतन नहुँदा र कानून कार्यान्वयन गराउने पक्ष कमजोर बन्द उपभोक्तहरु ठगिने गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरिक्षक गोपाल रायमाझीले नगरपालिकाले बनाएको कानून नै स्पष्ट नभएको तर्क गरे । नगरपालिकाले बनाएको बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण ऐन अनुगमन समितिका सदस्य नगर प्रहरी उल्लेख गरिएको तर नगरपालिकाको आफ्नै प्रहरी वा नेपाल प्रहरी भनेर स्पष्ट नपारेको बताए । उत्त कानूनमा अनुगमन समितिको सदस्यमा जिल्ला प्रहरीलाइ नै राख्दा उपयुक्त हुने सुझाव दिए ।

यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले कानून कार्यान्वयनका लागि विभिन्न बाधाहरु रहेको उल्लेख गरे । उनले अखाद्य बस्तुको प्रमाणका लागि प्रयोगशाला परीक्षण गरिनुपर्ने, उपभोक्ताहरु उजुरी गर्न डराउने लगायतका कारणले कानून कार्यान्वयनमा समस्या हुने गरेको बताए ।

त्यस्तै वीरेन्द्रनगर गरपालिकाका उपप्रमुख मोहनमाया ढकालले सबै को साथ र सहयोगबाट उपभोक्ताको हकहित संरक्षण र कानून कार्यान्वयका जोड दिने बताइन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डिन एवम अधिकारकर्मी पिताम्बर ढकालले बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता हित संरक्षण सम्बन्धी ऐनमाथि कार्यपत्र प्रस्तुत गरेका थिए । इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदी, मानवअधिकार अधिकृत सोमप्रसाद चौधरी र दुर्गा थापाले सहजीकरण गरेको कार्यक्रममा २० जनाभन्दा बढी सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया