चौरजहारी र जाजरकोट जोड्ने पुल अलपत्र

प्रचण्ड खत्री
रुकुम पश्चिम, १३ असार ।
रुकुम पश्चिमको चौरजहारी र जाजरकोट कुदु जोड्ने मोटर पुल निर्माणको काम थालियको ७ बर्ष बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । ७ बर्षसम्म पुलको काम २० प्रतिशत पनि काम नभएको स्थानीयले बताएका छन् । मध्य पहाडी लोकमार्गलाई नेपाल सरकारले राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिएता पनि मध्यपहाडी लोकमार्ग अन्तर्गतको पुल निर्माणको काम भने ७ औं बर्षदेखि अलपत्र रहेको छ ।

स्थानीय खिम बहादुर रानाका अनुसार ठेकेदार कम्पनीले केहि बर्षसम्म १ र २ पटक आएर काम गरेजस्तो गरेतापनि ७ बर्ष सम्म काम सम्पन्न नगरेको बताए । चौरजहारी र कुदुका स्थानीयले अब पुन निर्माण नहोला जस्तो नै सोचिसकेका छन् । स्थानीय रानाले भने यस सडक मार्फत यात्रा गर्ने मानिसहरु यहाँ पुल निर्माणमा किन ढिलाई भैरहेको छ यो भनि सोधेर हैरान बनाईरहेका छन् । हामीले केहि जबाफ नै दिन सहेका छैनौं र मोटरे पुल निर्माणको ठेक्का वाईपी कन्ट्रक्सनले लिएको छ ।

ठेकेदार ढिलासुस्ती र लापरबाही कारण मोटरेवल पुल निर्माणमा अलपत्र हुँदा मध्य पहाडी लोक मार्ग अन्तरगत यात्रा गर्ने मानिसलाई साहै अप्ठारो परेको छ । मध्य पहाडी लोकमार्ग अन्तरगत भेरी नदी यताको रुकुम पश्चिम खण्ड र उता जाजरकोट खण्ड सडक स्थारबृद्धी काम सकिएता पनि त्यस लोकमार्गबाट सिधा यातायात सञ्चालन हुन नसकेको जाजरकोट कुदुका स्थानीय राम बहादुर गिरीले बताए । दुखत कुरा के हो भने मध्य पहाडी लोकमार्गमा सडकको काम सकियता पनि मोटरे पुल निर्माण नहँुदा सडक उपयोग जस्तै बिहिन बनेको छ ।

९८ मिटर लामो पुल निर्माणका लागि १५ करोड सम्झौता भएको थियो र वाईपी कन्स्ट्रक्सनका ईन्जिनियर तुलाराम शर्माले भने गलत डिजाईन र ईस्टामेटका कारण दाबि समेत गरेका छन् । निर्माण कार्य गर्न हाम्रा ठेकेदारले अहिलेसम्म कुनै पनि कामको ताकेता नगरेको बताउनुभयो । ३ बर्ष भित्र निर्माण गरिसक्ने मोटर पुल ठेकेदारका कारणले अहिले सम्म पटक पटकमा कामको म्याद थप गर्दै आएको बताए ।

कुदु साईटको निर्माण गर्दा नदीमा पानीको मात्रा धेरै भएको तर काम गर्ने औजारका अभाबका कारण काम रोकियाको ईन्जिनियर शर्माले बताए । यो असार मसान्त नभएर आउदो असार मसान्तभित्र काम सक्ने गरी लागिरहेको बताए ।  ३ बर्ष भित्र निर्माण गरिसक्ने मोटरे पुल ठेकेदारका कारण दिला भई पटक पटक म्याद थप गर्दै गएपछी स्थानीयबासीदेखि लिएर स्थानीय जनप्रतिनिधिसमेत अचम्ममा परेका छन् । चौरजहारी नगरपालिकाका प्रमुख बिशाल शर्माले भने आफुले यो पुलको निर्माण कार्य समयमै सिध्याउन धेरै पटक पहल गरेपनि सुनुवाई नभएको बताए । दुखद् कुरा के हो भने यस्ता ठेकेदार सिहं दरबारको वरिपरी घुमिरहेका हुन्छन तर सरकारले देख्न सकेको हुँदैन ।

तपाईको प्रतिक्रिया