प्रदेश अस्पतालको आकस्मिक कक्ष दोस्रो पटक सिल

सुर्खेत, ४ असार ।
समुदायस्तरबाट उपचारका लागि अस्पतालमा आउने बिरामीमा कोरोना पोजेटिभ देखिएपछि प्रदेश अस्पतालमा दोस्रो पटक आकस्मिक कक्ष सिल गरिएको छ । एकैदिन अस्पतालमा उपचारत तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडलका अनुसार आकस्मिक कक्षमा भर्ना भएका दैलेखका दुईजना र सुर्खेतका एक जनामा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक कक्ष बन्द गर्नु परेको हो । उनीहरु सबैलाई समुदाय स्तरबाट कोरोना संक्रमण भएको डाक्टर पौडेलको भनाइ छ । संक्रमितको उपचारमा संलग्न र सम्पर्कमा आएका स्वास्थ्यकर्मीहरु सेल्फ आइसोलेसनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया