आरडिटी नेगेटिभ आएपछि खाँडाचक्रका २०जना घर फर्किए

तुलराज पाण्डे
कालिकोट, २९ जेष्ठ ।
कालीकोट खाँडाचक्र नगरपालिका अन्तर्गतको पंचदेव मावि मान्ममा क्वारेन्टाइनबाट २० जनालाई घर पठाइएको छ । खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाले क्वारेन्टाइनमा बसेका उनीहरुको ¥यापिड टेस्ट आरडिटी गरेर घर पठाएको हो । भारत तथा नेपालबाट आएका उनीहरु करिब तीन हप्तादेखि नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा बस्दै आएका थिए । खाँडाचक्र नगरपालिका ५ जना, रास्कोट नगरपालिका ६ जना, सान्नित्रिवेणि गाउँपालिका ६ र शुभकालिका गाउँपालिका ३ जना पंचदेव माविमा मान्ममा रहेका २० जना बिहीबार घर फर्किएका छन् ।

उनीहरु सबैको आरडिटि टेस्टमा कोरोना नेगेटिभ देखिएपछी उनीहरुलाई घर पठाइएको खाँडाचक्र नगरपालिका स्वास्थ्य शाखाका प्रमुख रविन्द्र सेजुवालले बताए । भारत तथा नेपालबाट आएका उनीहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बसाएर उनीहरुको स्वास्थ्य चेकजाँचपछी मात्रै विहिबार घर पठाईएको हो । बिगत तीन हप्तादेखि खाँडाचक्र स्थित पंचदेव माविको क्वारेन्टाइनमा बस्दै आएको उनीहरु भारत दिल्हीबाट फर्केसंगै स्थानीय अगुवा र जनप्रतिनिधिको अनुरोधमा क्वारेन्टाइन बस्न आएका थिए ।

क्वारेनटाइ अवधि भर खाडाचक्र नगरपालिकाले सबै किसिमको सुबिधा प्राप्त गरेको खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्क प्रसाद उपाध्यायले बताए । उहाँका अनुसार सबै को स्वास्थ्य परिक्षण गरेर घर पठाईएको छ । उनी जस्तै खाँडाचक्र नगरपालिकाका, रास्कोट नगरपालिका, शान्नित्रिवेणि गाउँपालिका, शुभकालिका गाउँपालिका अन्य नागरिकको मुहारमा पनि निकै खुसियालि छाएको छ । खाँडाचक्र नगरपालिका नगर प्रमुख जसि प्रसाद पाण्डेले घरमा सात दिन होम क्वारेन्टाइन बस्न आग्रह समेत गर्नु भएको छ ।

क्वाराइनटाईनबाट जनप्रतिनिधि, स्वास्थकर्मी, सुरक्षाकर्मी लगाएतले खुशीका साथ बिदाइ गरेको बताए । उनीहरु करिब तिना हप्ताको क्वारेन्टाइन बसाइ पछी घर फर्कदै थिए । विश्वमाहामरी रुपमा फैलिएको कोरोना भाईरस कोरोना भाइरस (कोभीड–१९) को संक्रमणबाट ग्रसित छ । नेपाल मात्र होइन विश्वका अधिकांश देश अहिले लकडाउनको अवस्थामा छन् । सरकारले कोरोना भाइरस संक्रमण फैलन नदिन भारत तथा संक्रमित ठाउँबाट आएका नागरिकलाई स्थानीय तहमै क्वारेन्टाइन गर्ने नीति अवलम्बन संगै खाँडाचक्र नगरपालिका भित्रका विद्यालय र क्याम्पसलाई क्वारेन्टाइन निर्माण गरेर बिदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न सुरु गरिएको खाँडाचक्र नगरपालिका वडा नं. ११ एवं नगर प्रवक्ता पुष्पराज गिरीले युग आह्वान राष्ट्रिय दैनिक संग बताए ।

तपाईको प्रतिक्रिया