विद्यापुरको क्वारेन्टाइनमा एक युवाको संकास्पद मृत्यु

सुर्खेत, २२ जेठ ।
पञ्चपुरी नगरपालिका वडा नं. १ का एक युवाको संकास्पद मृत्यु भएको छ । पञ्चपुरी–१ हाँसेका २० वर्षीया युवाको विहीबार विहान श्वास फेर्न गाह्रो भएरै निधन भएको परिवारको भनाई छ । मृतक युवा पञ्चपुरी नगरपालिका वडा नं. ९ विद्यापुरमा रहेकाे जनता माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसेका थिए ।

इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक असरथ अलि अन्सारीका अनुसार भारतको मुम्बईबाट जेठ ९ गते उनी पञ्चपुरीमा आइपुगेका थिए । ‘बुधबार साढे चार बजे उनको आरडिटी जाँच गरिसकेपछि उनको नतिजा नेगेटिभ आएको थियो । त्यसपछि उनी साढे चार बजे आफ्नो घरतिर लागेका थिए ।’ प्रहरी निरिक्षक अन्सारीले भने, ‘उनी आज विहान साढे १२ बजे घर पुगेका रहेछन् ।

उनका दाजुका अनुसार उनको घरबाट साढे चार सय मिटरको दुरीमा मौरीपालनका लागि घर निर्माण गरिएको छ । सोही घरमा क्वारेन्टाईनमा बस्न उनी त्यहाँ गएका थिए । राती एक्कासी ती युवालाई श्वास फेर्न गाह्रो भयो । त्यसपछि उनको निधन नै भयो ।’  प्रहरी निरीक्षक अन्सारीका अनुसार प्रहरी त्यहाँ पुगिसकेको छ भने पञ्चपुरीदेखि स्वास्थ्यकर्मीको टोली उनको स्वाव संकलन गर्नका लागि वडा नं. १ तर्फ प्रस्थान गर्ने तयारी गरेको छ ।

तपाईको प्रतिक्रिया