कर्णालीमा कोरोना संक्रमित ४६ जना पुगे

सुर्खेत, १५ जेष्ठ ।
कर्णाली प्रदेशमा कोरोना संक्रमित संख्या थपिएको छ । सामाजिक मन्त्रालयको स्वास्थ्य महाशाखाका अनुसार विहीबार थप आठ जनामा कोरोना पुष्टि भएको हो । प्रदेश अस्पताल सुर्खेतमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

दैलेखको नारायण नगरपालिका एक का २६ वर्षीया पुरुष, वडा नं. तीनका १९, ३०, ३६, ४० वर्षीया पुरुष, सोही नगरपालिकाका ४ का २० वर्षीया महिला र एक वर्षीया बालक र वडा नं. पाँचका १७ बर्षिया, एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए ।

उनीहरु सबैजना जिल्ला अस्पताल दैलेखको सरस्वती माध्यमिक विद्यालय तर्तांगमा रहेको आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको डा. तिवारीले बताए । यसअघि दैलेखमा ८ जनामा कोरोना देखिइ सकेको छ । सुर्खेतमा बुधबार मात्रै १५ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया