८ सय ७ भित्रिए, ३ सय ९३ को स्वाब परिक्षण

दुर्गा विसी
सल्लीबजार, १३ जेष्ठ ।
सल्यान बनगाड कुपिण्डे नगरपालिकाको क्वारिन्टिनमा ८ सय ७ जना राखिएको छ । मंगलबार मात्रै ३ सय ९३ जनाको स्वाब परिक्षणको लागि पठाएको छ । भारतका विभिन्न स्थानबाट मजदुरीका लागि त्यहाँ पुगेका दैनिक धमाधम आउनेक्रम जारी रहेको छ । घेरवार र खानेपानी अभाव भएका विद्यालयहरुमा क्वारेन्टाइन राख्न सम्भव नदेखिएपछि नगरपालिकालाई व्यवस्थापन गर्न हम्मे हम्मे भएको छ ।

प्रभाकर मावि क्वारेन्टाइनमा २ सय ५३, जनता प्रावि बस्नेउरामा ८९, बनगाड क्याम्पस बनगाडमा १ सय ५३, रामजानकी प्रावि राउचेमा ८१, भैरवी निमावि वेलखोलामा ७६, गंगा प्रावि अम्रामा ७१, भेरी निमावि गरामा ४३ र नवज्योति मावि अध्यरीमा ३६ गरी जम्मा ८ सय ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आवास, गास र अन्य जोह गर्न नगरलाई यतिबेला समस्या भैरहेको छ । स्वाब परिक्षण गरिएकाको रिपोर्ट भने ३ दिनपछि आउने जनाएको छ ।

तपाईको प्रतिक्रिया