कुशेका अभिभावकनै शिक्षक बनेपछि

जाजरकोट,१० जेष्ठ ।
कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको छ । लकडाउनका कारण शैक्षिक संस्थाहरु ठप्प भएका छन् । अनिश्चितकाल जस्तै शैक्षिक संस्थाहरु ठप्प भएपछि विद्यार्थीको भविष्य समेत अन्यौल भएको छ । जाजरकोटको कुशे गाउँपालिकाका अभिभावकहरुनै शिक्षक भएर छोराछोरी घरमै पढाउन थालेका छन् । विद्यालय बन्दभएपछि शिक्षकले समेत घरघरमा पुगेर पढाउने वातावरण पनि भएन । स्वयंम बालबालिकाको अभिभावकलाई शिक्षक सरह पठन पाठन गराउने सिकाइएको छ ।

कोरोनाको कारण बालबालिकाको भविश्य कस्तो हुने ? के हुने ? अन्यौलमा परेको छ र विद्यालयहरु सबै भएका छन् । बालबालिकाहरुलाई कुलत, विकृतिश्रमबाट संरक्षण गर्न बालबालिकाहरुलाई घरमा नै पढ्ने बानीको विकास गर्न र व्यस्त राख्न घरमा विद्यालय अवधारण ल्याइएको हो । अहिले कुशे गाउँपालिकामा बालबालिकाको अभिभावकले बालबालिकाको लागि दैनिक समय तालिका निर्माण गरी व्यक्तिगत सरसरफाईदेखि पढाईमा व्यस्त राख्न थालेका छन् ।

बालबालिकाको आमावुवा, दाजु,दिदीहरुले घरमा शिक्षकको भुमिका निर्वाह गरेका छन् । यसरी अहिले कुशे गाँउपालिकामा ९९ घरधुरीका ४२ जना बालबालिका पूर्व प्राथमिक विद्यालय र १४५ जना कक्षा–१ देखि १० सम्मका बालबालिकाहरु घरमा विद्यालय कार्यमा संलग्न रहेको जनाइएको छ । यस अवधारणलाई समुदायसम्म पु¥याउन सेभ द चिल्डे«न र पहाडी क्षेत्र विकास अभियानले योगदान गरेको जनाइएको छ । पहाडी क्षेत्र विकास अभियान जाजरकोट, कुशे गाँउपालिकाको समन्वय र सेभ द चिल्डे«नको आर्थिक सहयोगमा कुशे गाउँपालिकामा सहयात्रा दोस्रो र अवसर परियोजना विगत २०१९ अप्रिल देखि सञ्चालन भैरहेका छन् ।

बालबालिकाको बालमैत्री वातावरणमा स्थानीय शैक्षिक सामाग्री प्रयोग गरी बालबालिकाको विद्यालयमा नियमितता, सिकाई उपलब्धी वृद्धि र विद्यालयमा शान्त वातावरण सृजना गर्नका परियोजना कार्यान्वयनमा रहेको छ । सोही कार्यक्रम अन्तर्गत लकडाउनको समयमा समेत विद्यार्थीको सिकाई उपलब्धी बृद्धि गर्ने, घरमै विद्यालयको वातावरण निर्माण गर्ने उद्देश्यले घरकै अभिभावकनै शिक्षक बनाउने नयाँ अवधारणा लागु गरिएको परियोजना हेर्ने चन्द्र बहादुर विकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया