लकडाउनमा-“कर्णाली”

(कोरोना महामारी र यसलाई नियन्त्रणको निम्ति चालेको लकडाउनले कर्णाली बासिको दैनिकी, बानी, आशीर्वाद देखी भावी योजना समेत परिवर्तन भएको छ।)

बिश्वमहामारी कोरोना भाइरस ( Covid 19) ले यतिबेला बिश्व आक्रान्त छ। बिश्वका अधिकांश राष्ट्रले कोरोना रोकथामका निम्ति लकडाउन घोषणा गरेका छन। सन २०१९ डिसेम्बर ३० मा चिनको वुहानमा देखा परेको कोरोना महामारीले चीन, इटली, अमेरिका, युरोपेली मुलुक, भारत हुँदै बिश्वका विभिन्न देशमा भयावह रुप लिन पुगेको छ। बिश्व स्वास्थ संगठनको तथ्यांक अनुसार लेख लेख्दासम्म बिश्वभर ४८,०१,२०२ जना संक्रमित र ३१,८९३५ जनाले कोरोना विरुद्धको लडाइँमा हारेर मृत्यु ग्रहण गरिसकेका छ्न। बिश्वका २१६ देशमा कोरोना महामारी फैलिदाँ नेपाल पनि चोखो रहन सकेन अहिलेसम्म ४४४ जना संक्रमित फेला परिसकेका छन भने कोरोना विरुद्धको लडाइँमा २ जनाको मृत्यु भैसकेको छ। ३६ जना उपचार पछि निको भएर घर फर्किसकेका छ्न।

नेपालमा पनि भयावह हुने संकेत देखा परेको छ। कर्णाली प्रदेशमा पनि दैलेखको एक जना युवकलाई कोरोना संक्रमण पुष्टि हुँदा कर्णालीमा पनि बिपत्तिको घण्टी बजिसकेको छ। मानव जातिले प्रकृतिलाई कृतिमाताले आफ्नो नियन्त्रणमा लिन खोज्दा भनौं अथवा उग्र व्यवहार जसले कोरोना भाइरस जस्ता भाइरसले मानवजातिको जीवन संग युद्ध गरिरहेका छ्न। बिज्ञान र प्रविधिको यो युगमा भाइरस विरुद्ध खोप अर्थात औषधिको सफल परिक्षण भएर प्रयोगमा आहोस भन्ने आशामा मानवजाती त्रासमा बन्द कोठामा रोग र भोगको शोकमा थुनिनुपरेको छ। नेपालले पनि कोरोना नियन्त्रणको निम्ति लकडाउन घोषणा गर्नुपर्यो। बि.सं. २०७६ चैत ११ गते देखि लागु गरेको लकडाउन जेष्ठ २० गते सम्म सरकारले पटकपटक दिन थप्दै बढाउदै लागिरहेको छ भने संक्रमित संख्या पनि दिनदिनै बढदै गइरहेका छ। लकडाउनमा बिश्व व्यपार,आवतजावत, व्यवसाय, करकर्जाको क्षेत्र पुर्ण रूपमा थप्प हुँदा बिश्व अर्थतन्त्र धरापमा परेको छ। नेपालको अर्थतन्त्र पनि स्वत संकटमा परेको छ। लकडाउन नै कोरोना नियन्त्रणको पहिलो र अन्तिम विकल्प हुँदा यतिबेला बिश्वभरका जनताले विभिन्न अभावलाई झेल्नुपरेको छ। नेपालको पनि कोरोना नियन्त्रणको विकल्प लकडाउन बनेको छ। त्यसको प्रभाव सम्पुर्ण नेपालीमा परेको छ। कोरोना महामारी र नियन्त्रणको निम्ति चालेको कदम लकडाउनले नेपालको विकट प्रदेश कर्णालीमा पनि उतिकै प्रभाव परेको छ।

यस बिपतिको समयमा कोरोना, लकडाउन, स्यानिटाइजर, क्वारेन्टिन, मास्क, साबुन, संक्रमित, कीट,पिसि आर टेस्ट, र्‍यापिड टेस्ट,आइसोलेसन भ्यान्टिलेटर जस्ता शब्दहरु अत्यधिक प्रयोग भए तर यी शब्दहरु मध्य कतिपय नयाँ शब्दहरु कर्णाली बासिले मात्रै नभएर नेपाली जनता संगै बिश्वले पहिलोपटक सुनेका शब्दहरु छन। कर्णालीका कतिपय स्थानीय बासिन्दा, बुढाबुढिहरुले यी शब्दहरु यतिबेला कोरोनालाई : कोरेला, करेला, कोइरेला भनेर/ लकडाउनलाई : लगदाउ,भनेर/स्यानिटाइजर : सानिटाउजर भनेर विभिन्न माध्यमबाट सुनेर आफ्नो शैलीमा उच्चारण गरेको गाउँघरमा सूनिन्छ। अर्थ र परिभाषामा पनि नागरिक अनबिग्य रहेका छ्न। नेपालमा बेरोजगारी समस्याका कारण लाखौं युवाहरू भारत तथा खाडी मुलुकमा मजदुरी गर्न बिदेशीने गर्छ्न। ती बिदेशीने युवाहरू मध्य सबैभन्दा बढी नागरिक कर्णाली प्रदेशका छ्न। मध्यम र निम्न बर्गिए जनताको बाहुल्यता भएको कर्णाली प्रदेशका जनता आफ्नो मौसमी खेतीबालिले जीवन धानिता गर्न नसक्दा पारिवारिक खर्च, आवश्यक खाद्यान्नको जोखो गर्न देश बाहिर जानुपर्ने अवस्था हुँदा कोरोना त्रासको समयमा बिदेशीएका धेरै नागरिकहरु घर फर्कने आशा र चिन्तामा श्रम गर्न नपाई लकडाउनले बन्द कोठामा दिनहरू बिताईरहेका छ्न। कर्णाली बासी कृषकहरुलाई चैत, बैशाख, जेठ भनेको हिउँदे बाली अन्तर्गतका गहुँ, जहुँ,चना, केराउ, शिवचना,आलु आदि घर भित्र्याउने र बर्षा बालिका निम्ति खनजोत गर्दै मकै, कोदो,भट्टमास, मास, सिमिबोडी,लगाउने पाखे धान छर्ने र औल तथा तराईमा धान रोपनलाई बीउ लगाउने समय हो।

दशै तिहार चाडपर्व मानेर साथै हिउँदे बालिहरु लगाएर भारतमा मजदुरी गर्न गएका नेपालीहरु तथा कर्णाली जनताहरु फागुनको अन्तिम हप्ता देखी बैशाखको पहिलो हप्ता सम्म अत्याधिक संख्यामा स्वदेश फर्कने समय हो। तर लकडाउनका कारण फागुन अन्तिम हप्ता र चैतको पहिलो हप्ता सम्म केहि नेपालीहरु नेपाल फर्के भने केहि नेपालीहरु हिडेर भएपनी नेपाल भारत सिमामा चैत द्रोसो र तेस्रो हप्तासम्म आइपुगे र तिनीहरुलाई संबंधित सुरक्षित क्षेत्र क्वारेन्टिनमा राखेर पनि आफ्नो घर पठाई सकिएको छ। ती मध्य अधिकांश कर्णाली प्रदेशका युवायुवतीहरु थिए। अहिले कयौं कर्णाली बासी घर जान खोज्दा भारतले सिमा क्षेत्रमा ल्याएर छाडिदिने गरेको छ। नेपालि पक्षले सिमा क्षेत्रमा आएका नागरिकहरुलाइ सिमा नजिक क्वारेन्टिनमा राखन नसक्ने, प्रदेश र गाउँपालिका सरकारले पनि क्वारेन्टिनमा नराखी वार्डका क्वारेन्टिनमा पठाउँदा त्यहाँ आवश्यक स्वास्थ्य सेवा तथा सामाग्रीको अभावमा निगरानी गर्नुपर्ने हुँदा कर्णालीका कतिपय गाउँहरु कोरोनाको उच्च जोखिममा परेका छ्न। सिमा क्षेत्रमा अलपत्र परेका केहिलाई भने केही समय अगाडि प्रदेश सरकारका मन्त्री र पहुँचवाला नेताहरूले बसमा राखेर सिधै गाउँ पठाउने गरेकापनि थिए ।

नेपालमा लकडाउनले बिद्यालय, क्याम्पस, बिश्वबिद्यालयहरु पुरै बन्द छ्न। कर्णालीका धेरै विद्यार्थीहरु प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेत, केन्द्रिय राजधानी काठमाडौँ, केहि सहरहरु नेपालगन्ज, टिकापुर, धनगढी, बुटवल र पोखरा आफुलाई पाइपर्ने ठाउँ सम्म उच्च अध्यनलाई बाहिरीएका थिए। सरकारले लकडाउन घोषणा गर्दा सहरमा अध्यनलाई गएका विद्यार्थीहरु र मजदुरहरु, बन्दको संकेत पाउन साथ गाडी चढेर, केहि दिनरात हिडेर, केहि स्थानीय सरकार र राजनीतिक पार्टीको उद्दारले घरसम्म आइपुगेका छ्न भने केही विद्यार्थी तथा मजदुरहरु सहरमा कोठा भित्रै थुनिएका छ्न। सहर गएका देखी, सहरमा घर भएका सम्म गाउँमा आइपुग्दा कर्णाली बासिमा स्वदेशमै, आफ्नै गाउँमा कृषि उत्पादनमा जोड दिनुपर्ने चेत पैदा भएको छ। सहर भन्दा गाउँ आत्मनिर्भर रहेको देखिएको छ। धेरैले आधुनिक कृषि पेसा अगाल्ने भावी योजना बनाएका छ्न। यतिबेला गाउँमा पुरुषहरु भारत तथा बिदेशमै अलपत्र हुँदा गाउँघरतिर महिलाहरु आफ्ना बालबच्चाहरु र बृदाबृदका साथमा गहुँ काट्ने,मकै लाउने, धानको बीउ राख्ने आदि काममा व्यस्त छ्न।गाउँबाट सहर पढ्न गएका घर फर्किएका विद्यार्थीहरु सामाजिक संजालमा आबद्धता भएको अवस्थामा नेट ईन्टरनेटले काम गर्ने ठाउँबाट बिदेशीएका व्यक्तिहरुलाई उनीहरुको घरपरिवार र आफन्तजन संग सामाजिक संजाल मार्फत भिडियो कल, अडियो कल गराएर सम्झने,दुखानी सुखानी गर्ने प्रबन्ध मिलाएर केहिले सहयोग गरिरहेका छ्न।

मैले पनि यतिबेला यसरी गाउँलेहरुलाई बिदेशमा रहेका उनीहरुका सदस्यहरु संग भिडियो कल गराएर सहयोग गरिरहेको छु। कोराना महामारीले शैक्षिक श्रेणीक्रम वृद्धिमा धक्का लागेको छ। शैक्षिकसत्र पुर्ण अवधिमा धक्का पुगेको छ। नयाँ जोश, नयाँ उमंग, नयाँ बर्ष, नयाँ कक्षा, नयाँ किताब, नयाँ बालिको नास्ता बोकेर, उकाली ओराली गर्दै, खोलामा पौडी खेल्दै, लेकमा काफल खाँदै, औलमा तिजु झार्दै बाटामा ऐसेलु टिप्दै स्कुल जाने कर्णालीका अधिकांश स्कुले बालबच्चा यतिबेला घरमै बसेर साधारण कामकाजमा अभिभावकहरुलाई सघाइरहेकाछ्न। SEE , कक्षा ११ र १२ को परिक्षा कहिले हुने अन्यौल हुँदा, धेरै विद्यार्थीहरु कोरोना महामारी नियन्त्रणको प्रखाईमा छ्न भने क्याम्पस, बिश्वबिद्यालयको पठनपाठन र परिक्षा बन्द हुँदा शैक्षिक क्षेत्र अन्यौलमय नै छन। यस समयमा त्रिभुवन बिश्वबिद्यालय र अन्य बिश्वबिद्यालयले अन्लाईन कक्षा संचालन गर्दा कर्णालीमा रहेका कर्णालीबासी सम्पुर्ण विद्यार्थीहरुको निम्ति पहुँचमुखी हुनसकिरहेको छैन।

कर्णालीको सबै ठाउँमा नेपाल टेलिकमको नेटवर्कले राम्रो संग काम गर्दैन। फोन गर्नलाई घरको धुरी र बार्दली, गाउँको अग्लो डाँडापाखा धाउनुपर्ने व्यथा भएको कर्णालीका विद्यार्थीहरुलाई नेपाल टेलिकमले निशुल्क डाटा सेवा दिनसके पनि अनलाइन कक्षा लिनेे सम्भावना अत्यन्तै न्यून छ। बिद्युत सेवा अधिकांश ठाउँमा नहुँदा सञ्चारका साधन मोबाइल, ल्यापटप, कम्प्युटर निरन्तर चलाउन सक्ने, चार्ज गर्न सक्ने सम्भावना छैन।वाइफाई सेवा सुचारुलाई आवश्यक बिद्युत छैन र तत्काललाई देखिएका विविध समस्या व्यवस्थापन गर्न कठिन छ। यसकारण अन्लाईन कक्षा देखी विभिन्न अन्लाईन कार्यक्रममा सहभागी हुन कर्णालीका जनतालाई कठिन छ। साथै गाउँघर तिर रिचार्ड कार्डको अत्यधिक अभाव छ। यतिबेला कोराना महामारीले तत्कालीन देश बिदेशको अवस्था अवगत गराउने पहिलो आधार भनेको सामुदायिक रेडियो बनेका छ्न र दोस्रो आधार रेडियो सुनेर रैबार सुनाउने मान्छे भएका छ्न। यसरी कर्णाली अन्य बिकास संगै दुरसञ्चारको बिकासको क्षेत्रमा पनि धेरै पछाडि परेको पुष्टि हुन्छ।

नेपालमा दिनदिनै कोरोना रोगी बढदै जाँदा, रोगीको मृत्यु पनि भैसक्दा कोरोनाले हामी नेपालीलाई केहि हुन्न भन्ने अपबादमा रहेका गफाडीहरुको मुख आजभोलि बन्द भएको छ। छिमेकी देश भारत र प्रदेश न. -५ जहाँबाट अतिआवश्यक बस्तु,खाद्यान्न, नुन, तेल, चामल आदि ढुवानी गरिन्छ त्यहाँ पनि कोरोना संक्रमित भेटिदा कर्णाली बासीमा त्रास बढेको छ। गाउँघरमा कोहि नयाँ मान्छे आयो भने टाढिने, मान्छेको भिडाभाँडमा नजाने, कसैलाई ज्वरो, रुघाखोकी, हाच्छ्यु आउने जस्ता लक्षण देखिए तिनि मान्छे देखि अल्गै बस्ने, गाउँघरमा मर्दा, बढ्दा खासै नजाने प्रवृत्ति देखिन्छ। गाउँका धार्मिक र सामाजिक कामकार्य सबै स्थगित छ्न। बिबाह, पुजाआज गर्न मान्छेले छोडेका छ्न, कर्णालीका सबै मान्छेको पहुँचमा स्यानिटाइजर प्रयोग नभएतापनि, बारबार साबुनपानीले हात धुने चेष्टा नगरेपनी अधिकांश मान्छेले दिशा गरिसकेपछि, खानाखानु भन्दा अगाडि, खाना खुवाउनु भन्दा अगाडि, खाना पकाउनु भन्दा अगाडि, खेतबारी, मलजलमा काम गरिसकेपछि मिचिमिची साबुनपानीले हात धुने, शुद्ध पानी पिउने, खाने चिज पखालेर र पकाएर खाने बानीको विकास गरेकाछ्न। कर्णाली जनताको दैनिकी हेर्दा, कोरोना भाइरसको लक्षण र बच्ने उपाए बारेको चेतना देखदा, साबधानी र सर्तकता संगै भ्रमपनि मिसिएको देखिन्छ।
कोरोना महामारीले कर्णालीका मान्छेको बानी,गाली, र आशीर्वाद नै परिवर्तन भएको छ।

लेखकको प्रत्येक्ष एक दृश्यमा एकदिन घर अगाडिको तिजुको रुखको छाहरिमा बसेका तिनजना ७/८ बर्षिय बालबालिकालाई न्याली रहेको थिय। ती तिनजना घर माथि र पत्तेरका छिमेकी भाइबहिनी थिए। उनिहरु तिजुको रुखको छाहारिमा मिलेर खेलिरहेका थिए। अकस्मात तिजुको रुखबाट एक दाना पाकेको तिजु खस्यो। त्यो दाना तीनजना मध्यको सानो बच्चाले छोप्यो र मैले भेटाए भनेर सबैलाई देखाउदै थियो। तिनीहरु मध्यको उमेरको जेठोले खोसेर खाइदियो सानो केटो रोयो र उसले अरुले गाली गरेझै नानथरी गाली गर्‍यो तर उसले कोरोना लागोस भनेर समेत गाली गर्‍यो। म छ्क्क परे! उनीहरुको गाली पनि परिवर्तन भएछ। साथै गोठाला जाँदा बनमा केटाकेटीहरुले खेल्दा भारतमा कमाउन गएका अभिभावकहरु कोरोना त्रास र लकडाउनले फर्कन नसकेको अवस्था, कोरोना बिरामी, डाक्टर, सञ्चारकर्मी, सुरक्षाकर्मिको भुमिकाको बारे नाटक गरेर चित्रण गरिरहेका पनि भेटेको छु।यसरी कर्णालीका बालबालिकामा मनोबैज्ञानिक प्रभाव परेको तथ्य भेटिन्छ। यस्ता विविध कुरा अभिभावक, सञ्चार माध्यम र समाजबाट बालबालिकाले सिकेका र सुनेका हुनुपर्छ। यस्तै म लेखक पनि सहर पढ्न गएको लकडाउनमा १२ घण्टा लगातार हिँडेर गाउँ फर्के र गाउँमा भेटघाट भएका अग्रजहरुलाई आदार सम्मान गर्दा पहिले सन्तानले डाँडा पाखा ढाकुन, डाक्टर, पाइलट बन्नु, ठूलो मान्छे बन्नु भनेहरुले यतिबेला कोरोना बाट बच्नु, स्वस्थ रहनु भनी आशीर्वाद दिए। गाउँका भारत तथा अन्य ठाउँमा रहेका कर्णाली बासिहरु संग फोन गराउँदा र गर्दा पनि उनिहरुले कोरानाबाट बच्नु, स्वस्थ रहनु भनी आशीर्वाद लेनदेन गर्ने गर्छन।

यसरी कर्णालीमा कोरोना महामारीले पारेको प्रभाव आशीर्वाद परिवर्तन भएको तथ्य बाट पनि पुष्टि गर्न सकिन्छ। गाउँघरमा फुर्सदको समयमा घर, गोठ, भवन, आगन, गडा निर्माणमा, जोत्न खन्नमा, दाउरा बनाउनमा घरमा रहेका सदस्यहरुले आफुले सक्ने क्षेत्रमा श्रम खर्चिरहेका छ्न। कर्णालीका मजदुरहरुले मजदुरी गर्न नपाउदा र सरकार बाट बास्तबिक गरिब तथा बिपन्न केन्द्रित रहेर राहत वितरण नहुँदा , राहत वितरण निरन्तर नहुँदा, कर्णालीका मजदुरी गरि खाने मजदुर संकटमा छ्न। जताततै कोरोना, लकडाउनका कुरा हुन्छन। गाउँघरमा यसरी कर्णालीमा कोरोना महामारी र यसलाई नियन्त्रण गर्न चालेको लकडाउनले दैनिकी, बानी, आशीर्वाद र गाली समेत परिवर्तन गर्ने गरि प्रभाव पारेको देखिन्छ। कर्णाली बासिहरुले त्रासमा रहेर भन्दा उच्च सतर्कमा रहेर कामकाजको थालनी गर्नुपर्छ। कृषि र पर्यटन मुख्य पेसा बन्न सक्ने कर्णाली प्रदेशमा यो समयमा जोत्ने युवाहरू बिदेशमा हुँदा कृषि जमिन बाँझो र पर्यटन क्षेत्र रारा ताल, बुलबुले ताल, शे- फोकशुण्डो ताल, कुपिन्डे ताल, काक्रेबिहार मन्दिर,चन्दनाथ मन्दिर, देउती बज्यै, पञ्चकोशी, बेलासपुर आदि कर्णालीका साथै नेपालकै पर्यटक क्षेत्र थप्प छ्न। नेपालमा देखिएको कोरोना महामारीले कर्णालीको पर्यटन क्षेत्रमा लामो समय सम्म प्रभाव पर्ने देखिन्छ। यस विपत्तिमा कर्णाली प्रदेश सरकार उच्च संयमित भएर आवश्यक स्रोतहरु कर्णाली जनता समक्ष पुर्याउनुपर्छ। अघिपछि भोकमरीको संकटमा पर्ने कर्णाली प्रदेश, यस्तो समयमा पनि भोकमरीको संकट पर्न सक्छ। खाद्यान्न र अतिआवश्यक सामाग्री कर्णालीका सबैठाउँमा सहजै उपलब्ध गराउनुपर्छ। सरकारले स्वास्थ्य सेवा तथा उपचारका सुरक्षीत सामाग्रीको प्रबन्ध तल्लो तह वार्ड सम्म गर्नुपर्छ।

लेखकको पूरा विवरण :
नाम: दिपेन्द्र कुमार बि.सी (दिपु)
स्थायी ठेगाना : गुराँस गाउँपालिका-७ लालिकाँडा दैलेख
बिश्वबिद्यालय : मध्यपश्चिममाञ्च्ल विश्वविद्यालय बिज्ञान तथा प्रबिधि संकाय केन्द्रिय क्याम्पस कर्णाली- प्रदेश, सुर्खेत BSC (Bio) प्रथम सेमेष्टार
फोन नम्बर : 9867956213/9812589526
Mail address : [email protected]

तपाईको प्रतिक्रिया