भारतबाट फर्केकाको सिमा नाकामा बेजोग

दुर्गा विसी
सल्यान (सल्लीबजार), ५ जेष्ठ ।
मजदुरीको लागि भारत पुगेका लकडाउनको समयमा घर फर्केका सल्यान पश्चिमका सयौ नेपालीको विजोग हुन थालेको छ । तीन दिन अघि सिमानाका रुपैडियामा आई पुगेका उनीहरु रातमा लामखुट्टे र खाना नपाए बेहाल भएको खबर छ । सल्यान पश्चिम बनगाड कुपिण्डे नगरपालिका वडा–४ का महेन्द्र वुढाका अनुसार सिमावत्ती पिजि कलेज वहराइह पान्डेनगर जैतापुरमा राखिएको छ । यस क्षेत्रका मात्रै ५० जना सोही कलेज राखेको छ भने बाँकीलाई अर्को स्थानमा राखिएको अर्को दलजित बुढाको भनाई छ ।

तीन दिनदेखि राम्रोसँग खान र सुत्न नपाएको उनीहरुको दुखेसो छ । रातभर लामखुट्टेको टोकाइले जागराम बस्नु परेको उनीहरुको भनाई छ । लकडाउनका कारण भारतको विभिन्न स्थानबाट नेपालीहरु सिमा नाकामा आउने क्रम ह्वात्तै वढेको छ ।दैनिक दिन भारती मालवाह ट्रक,वसले नेपालीहरुलाइ सिमा नाकामा ल्याउदै छाड्दै गर्ने गरेको छ । सिमा नाकामा आएर नेपाल भित्रन नपाएका नेपालीहरुको अवस्था विजोग वनिरहेको छ । खाना र बस्न समेतको उनीहरुलाई व्यवस्थापन नहँुदा दैनिकी कष्टकर बनेको बुढाको दुखेसो छ ।

सम्बन्धि जिल्ला र स्थानीय तहलाई यथासक्य चाडैं उद्दार गरिदिन उनीहरुले अपिल गरेका छन् । कोचाकोच गरि वस्नुपर्ने बाध्यताका कारण समस्या समेत निम्तिने गरेको उनीहरुको भनाई छ । सिमाना रुपैडिया आइपुगेका उनीहरुलाई ४ किलोमिटर भारतकै स्थानमा राखिएको छ । मजदुरी गर्न भारत पुगेका उनीहरु काम गर्ने ठाउँमा समेत खान नपाउँदा बाध्य भएर ट्रकहरुमा कोचिएर धमाधम आउन थालेका छन् । उक्त समस्या समाधानका लागि नेपाल सरकारलाई जतिसक्दो चाँडै पहल थाली नेपाल भित्र्याइदिन अनुरोध गरेको खबर छ ।

तपाईको प्रतिक्रिया