प्रदेश सरकारलाइ साना किसानको १ लाख

विनोद लम्साल
सुर्खेत, २५ वैशाख ।
कर्णाली प्रदेश सरकारद्वारा गठित प्रदेश विपद् व्यवस्थापन कोषमा साना किसान विकास लघुवित्त वित्तिय सस्थाले एक लाख सहयोग गरेको छ । विहिवार सस्थाका सञ्चालक सदस्य चाँदनी ढकाल र इलाका प्रवन्धक दोर्णराज घिमिरेले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र वहादुर शाहीलाइ १ लाखको चेक प्रदान गरेका छन् ।

उनले कोरोना भाइरसको विपदबाट बचाउनका लागि प्रदेश सरकारले स्थापना गरेको कोषमा सस्थाले सहयोग गरेको इलाका प्रवन्धक दोर्णराज घिमिरेले वताए । सस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश कोषमा सहयोग रकम हस्तान्तरण गरेको वताए सस्थाको केन्द्रीय कार्यलयले संघीय सरकारलाइ १० लाख रुपैया र उपलब्ध गराएको र हरेक प्रदेश लाई एक एक लाख रुपैया हस्तान्तरण गरेको घिमिरेले वताए ।

मुख्यमन्त्री शाहीले ‘ कोरोनको उच्च जोखिममा भएपनि कर्णालमिा कोरोना संक्रमित भएको प्रमाणित नहुनु खुशीको कुरा भएको वताए । कोरोना भाइरसको विपदबाट बचाउन लागी सहयोग उपलब्धगराएको सस्थालाई धन्यवाद दिए

तपाईको प्रतिक्रिया