ब्रेकिङ : तार चुडिँदा बत्ती अवरुद्ध

सुर्खेत, २२ बैशाख ।
सुर्खेत–कोहलपुर प्रशासन लाईनको तार चुडिँदा सुर्खेत, दैलेख, जाजरकोट, सल्लीबजार सल्यान, चाैरजहारी पश्चिम रुकुमको विद्युत सेवा अवरुद्ध भएको छ । हावाहुरीले बाँकेको गाभर चिसापानी खण्डमा र बबई नजिकैमा प्रशारण लाईनको तार चुडिँएको सुर्खेत विद्यतु प्राधिकरणका कार्यालय प्रमुख टंकराज गिरीले जानकारी दिनुभएको छ ।

मर्मतका लागि दुई वटै स्थानमा प्राविधिकहरुको छुट्टा छुटै टिम परिचालन गरिएको बताउँदै उहाँले मर्मत कार्य जारी रहेकाले दुई/तीन घण्टाभित्र विद्युत सुचारु हुने जानकारी दिनुभएकोछ । सुर्खेत–कोहलपुरको ३३ केभिए विद्युतलाईन हुँदा सानो हावाहुरी, पानी पर्दा समेत कर्णालीबासीको विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया