सडेको मासु बेच्ने पसललाइ कारवाही

रामचन्द्र न्यौपाने
डोल्पा, २२ बैशाख ।
ठुलिभेरी नगरपालिका वडा नं ३ दुनैको एक मासु पसलले महिना दिन पहिलाको मासु बेचेको पाइएको छ । बर्षौ अघि देखि दुनै बजारमा व्यापार गर्दै आएका पिन्टु गुप्ताको पसलमा कुहियको मासु बेचेको पाइएको हो । लकडाउन हुनुभन्दा पहिला नेपालगञ्जबाट झिकाइएको बोइलर कुखुराको मासु अझै बेचिरहेको गुनासो जिल्ला प्रशासनमा पुगेपछि प्रजिअ शुरेस सुनार सहितको टोलीले छापा हानेको हो ।

चैत्रको पहिलो साता नेपालगञ्जबाट जहाजमा ल्याएको बोईलर कुखुराको मासु फ्रिजमा राखेर लुकिछिपि बिक्रि गरेको भन्ने सुचनाका आधारमा पसल खानतलास गरिएको प्रजिअ शुरेस सुनारले जानकारी दिनभुयो । पसल साहुजी पिन्टु गुप्ताकोे मासु बिक्रि गर्ने अुनमति पत्र खारेज गरि आवाश्यक कानुनी कारवाही गरिने प्रजिअ सुनारले बताउनुभयो । उक्त पसल सँगै अन्य दुई वटा मासु पसल पनि अनुगमन गरिएपनि कुहिएको मासु बेचेको भने नपाइएको प्रजिअ सुनारले जानकारी दिनुभयो ।

उक्त मासु सँगै रहेको गुप्ताकै किराना पसलबाटबोराका बोरा म्याद गुज्रिएकाअन्य खाद्य तथा पेय पदार्थहरु पनि बरामत गरि नष्ट गरिएको छ । प्रजिअ शुरेस सुनार,प्रहरी नायव उपरिक्षक नारायण रञ्जितकार,वडा नं ३ का अध्यक्ष अण न्यौपाने,जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष लालीमान बुढा,पशु अस्पताल प्रमुख चन्द्रलाल धराला लगायत सञ्चारकर्मी लगायतको टोलीले पसलको छड्के गरेको हो । सदरमुकाम दुनै कतिपय व्यापारीले गोदामनै राखेर पुराना म्याद गुज्रिरहेका सामान बेचिरहेकाले उक्त पसलहरुमा पनि नियमित अुनगमन गर्नुपर्ने नागरिकको माग छ

तपाईको प्रतिक्रिया