हजारको नोटमा अब ‘राम–लक्ष्मण’

काठमाडौं : अहिले हामीले एक हजारको नोटमा जुन हात्तीको चित्र देखिरहेका छौं त्यो नेपालको हात्तीको हैन । ठ्याक्कै कहाँको हो, त्यो पनि थाहा छैन । हेर्दा कान ठूलो देखिएकाले अफ्रिकी मूलको हो कि भन्ने अनुमान गरिएको छ ।

हात्ती विज्ञ नरेन्द्रबाबु प्रधान भने नोटमा भएको हात्ती एसियन मूलकै रहेको दाबी गर्छन् । ‘हात्तीको आकार र कान हेर्दा अफ्रिकन जस्तो देखिन्छ तर टाउकोले यो एसियन नै हो भन्ने पुष्टि गर्छ,’ प्रधानले सेतोपाटीसँग भने। प्रधानका अनुसार एसियन हात्तीको टाउकोको माथिल्लो भागमा दुइटा डल्लो जस्तो उठेको भाग हुन्छ जसलाई ‘ट्वीन डोम हेड’ भनिन्छ । अहिले नोटमा भएको हात्तीको टाउकोमा पनि दुइटा डल्लो जस्तो उठेको भाग देखिन्छ जुन अफ्रिकी हात्तीको एउटा मात्र हुन्छ ।

तर नेपालमै हात्ती पाइने भए पनि नोटमा भने किन अरु देशको हात्तीको चित्र राखियो? जवाफ कसैसँग छैन । हात्तीको फोटो कस्ले दियो ? त्यो पनि कसैलाई याद छैन । २०२६ सालदेखि प्रचलनमा आएको हजारको नोटमा अब भने नेपालकै हात्ती राखिने भएको छ । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार अबको चार महिनाभित्र नेपालकै हात्तीको चित्र भएको ३१ करोड थान हजारको नोट बजारमा आउनेछ।

यसअगाडि नोटमा एउटा मात्र हात्तीको चित्र रहेकोमा अब नयाँ आउने नोटमा भने दुइटा हात्तीको चित्र हुनेछ । यसको पनि कारण छ । २०६५ साल कात्तिक २४ गते चितवन राष्ट्रिय निकुञ्जस्थित सौराहामा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा देवीकली नामको हात्तीले एकैपटक दुइटा छावा जन्माइन् । विज्ञहरूका अनुसार यसरी हात्तीले जुम्ल्याहा बच्चा पाउने घटना विश्वमै दुर्लभ हुन्छ । चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा. भिषण गजमेरका अनुसार जनावारको शारीरिक बनोट जति ठूलो भयो त्यति जुम्ल्याहा बच्चा जन्मिने सम्भावना कम हुने गर्छ । यसरी जुम्ल्याहा छावा जन्मेको थोरै मात्र घटना छन् ।

हजारको नोटमा अब ‘राम–लक्ष्मण’

‘स्थापना दिवसमै आएनन् सांसद’

हजारको नोटमा अब ‘राम–लक्ष्मण’

YUGAAWHAN NATIONAL DAILY (2076-10-22)

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds