२५ परिवारलाई खाद्यान्न सहयोग

सुर्खेत, १५ बैशाख ।
वीरेन्द्रनगर–६, ताराताल, शान्तिपुरका अतिविपन्न २५ घरपरिवार मजदुरहरुलाई राहत सामाग्री वितरण गरिएको छ । शान्ति विकास टोल विकास संस्थासंगको समन्वयमा तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले आफनो व्यक्तिगत लगानीमा खाद्य सामाग्री वितरण गर्नुभएको हो ।
दैनिक ज्यालामजदुरी गर्ने, कोठा भाडामा बस्ने, अपाङ्गता भएका, आर्थिक अवस्था कमजोर भएका २५ घर परिवारलाई टोल विकास संस्थाको सिफारिसमा खाद्यान्न वितरण गरिएको जनाइएकोछ ।

प्रति परिवार एक प्याकेट चामल, एक प्याकेट नून, एक प्याकेट तेल, दालसहितको खाद्य सामाग्री वितरण गरेको तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिनुभयो । वीरेन्द्रनगर नगरपालिकालाई समेत चुनौति दिँदै नगरपालिकाको १०१ नम्बरमा फोन गरी कुनै सहयोग नपाएका, कोठा भाडामा वस्ने, ज्याला मजदुरी गर्ने, अपाङ्गता भएका परिवारलाई व्यक्तिगत रुपमकै सहयोग गर्दै आउनुभएको छ । सरकारले राहत दिने तर आफुले सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । त्यसैगरी दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आउनुभएकी वीरेन्द्रनगर–६ की तुल्सी विकको परिवारलाई समेत उहाँले खाद्यान्न सहितको सामाग्री सहयोग गर्नुभएको छ ।

कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिकाले एकद्वार प्रणालीबाट राहत वितरण गर्न सबैमा आग्रह गरेको छ । सरकारको राहत वितरण प्रक्रियाबाट आम नागरिक असन्तुष्ट बनेको, धेरै नागरिक छुटेको भन्दै सरकारी राहतबाट छुटेका नागरिकहरुलाई तरुण दल सुर्खेतको तर्फबाट अध्यक्ष विष्टले राहत वितरण गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया