बनगाड कुपिण्डेमा ४९ जनालाई क्वारेन्टाइनमा राखियाे

दुर्गा विसि/ सल्लीबजार, १२ बैशाख ।
सल्यान पश्चिमकाे क्वारेन्टाइनमा ४९ जनालाई राखिएको छ ।माेराेङ जिल्लाकाे वेलवारि नगरपालिका वडा न ६ काे सडक लाइनमा काम गर्ने बनगाड कुपिण्डे वडा १, ७, ८, १० र ११ नं वडाका ४९ जनालाई प्रभाकर मावि देवस्थलमा रहेको क्वारेन्टाइनमा राखिएको छ । मजदुरीकाे लागि माेराेङ वेलावारि पुगेका अधिकास माझकाँडाका विभिन्न टाेलका स्थानीयलाई बनगाड कुपिण्डे नगरपालिकाले क्वारेन्टाइनमा राखेको छ ।
यस अघि नगरका विभिन्न वडामा मजदुरीकै लागि बाहिर गएका सयाै  स्थानीय भने क्वारेन्टाइन नवसि अा आफनै घर गएका छन् । उनीहरुलाइ अाफ्नै घरकाे हाेम क्वारेन्टाइनमा वस्ने भने अाज भाेलि गाउँघरमा खुलुम खुल्ला हिडिरहेका छन् । यस अघि  उनीहरुलाइ घर जान दिने तर अाफुहरुलाइ क्वारेन्टाइनमा राखेको भन्दै चर्को विराेध गरेका छन् । यस अघि आएका सबै काठमाडौंकाे विभिन्न इट्टाभटाहरुमा काम गर्ने वडा-८, १०, ११ र १२ का स्थानीय रहेका थिए । नगरपालिकाले भने पछिल्लो चरणमा नगरमा भित्रिनेहरु जाेखिमयुक्त स्थानबाट आएकोले क्वारेन्टाइनमा राख्नु परेको जनाएको छ ।
तपाईको प्रतिक्रिया