मुख्यमन्त्रीलाई चिठ्ठी

माननिय मुख्यमन्त्रीज्यू
कर्णाली प्रदेश, सुर्खेत
नमस्कार ।
सानो जिक्षांसा, प्रश्न आम नागरिकको तर्फबाट तपाईहरु जनताबाट जनमतको कदर गर्दै जनताबाट चुनियर आज विभिन्न तह र तप्कामा पुग्नुभएको कुरा त बिर्सनु भयो र आज देश कोरोना भाइरसको महामारीमा डुबेको छ । जनता भय र त्रासमा बाँचिरहेका छन् । सुर्खेती जनता अझ तपाईकै प्रदेशको राजधानीका जनता धेरै मानिसको सम्पर्क हुने ठाउँ भएकोले झन् बढी त्रसित छन् । मानिसहरू खान र सामान्य रुघाखोकीको लागि एउटा सिटामोलसमेत नपाउने स्थितिमा पुगेका छन् ।

विभिन्न ठाउँमा जाने र आउने मानिसहरू अलपत्र परेका छन्, मुख्यमन्त्री ज्यूकै गूह जिल्लाका कामदारलाई भने मन्त्रीज्यूकै पहलमा आ–आफ्नो घरसम्म भनेर रातारात पु¥याउन काम भयो तर मन्त्रीज्यूहरुको गृह जिल्लामा बाहिरबाट काम गर्न जानेहरु अलपत्र अबस्थामा नै छोड्ने काम प्रदेश सरकारबाट भइरहेको छ, हिजो १४ जना र अस्ति २४ जना मजदुरहरु पैतलमार्गबाट सुर्खेत आई पुगेकाहरुलाई बागिना समूहमा राख्ने काममा गोविन्द कोइराला, ज्ञान बहादुर नेपाली, खाना खुवाएर सहयोग गर्ने हाम्रो वडा नं. ११ का वडा सदस्य अर्जुन सुवेदी, पत्रकार दीपक बुढा र स्थानीय सामाजसेवी बखत शाहीज्यूको पहलमा सुरक्षित रुपमा घरमा पुरयाउने काम भएता पनि अझै पनि बाँकी ६२ जना ज्याला मजदुरी गर्न गएका मजदुरहरु मुख्यमन्त्री ज्यूकै गृह जिल्लामा अलपत्र परिरहेका छन् । भने उता सामाजिक विकाश मन्त्रालयले भने राज्य कोषको रकम दुरुपयोग गर्दै ३ लाख पर्ने औषधी ढुवानी गर्न ७ लाखमा हेलिकप्टर चार्टर गरेर मन्त्रीहरुले आ–आफ्ना गृह जिल्लाहरुमा औषधी पुरयाएको छ ।

रुकुम, जाजरकोट सुर्खेत, दैलेखमा भने कोरोना परिक्षण किट सकिँदासमेत प्रदेश सरकार मौन छ एकातिर कोरोनाको जोखीम संग संगै अर्काे तिर जनता भोक र शोकले आँट अतालिरहेका छन् अब राज्यको नितिलाई उछल्दै सडकमा आउन बाध्यतामक अबस्थाको सृजना हुने एकातिर त छँदैछ भने उनीहरुले भन्ने गर्छन कि हाम्रो जिल्लामा मन्त्रीहरु छैनन् सबै जुम्ला, हुम्ला तिर मात्रै छन् र सबै उतै लागिरहेछन । के प्रदेश सरकारको मन्त्रीहरुको नागरिकप्रतिको जिम्मेवारी यहि होला त ? आम जनमासमा यस्ता खालका प्रश्नहरु आउनु स्वभाबिक पनि हो । (वीरेन्द्रनगर–११, धुलियाबिट, सुर्खेत)

तपाईको प्रतिक्रिया